११ फाल्गुन २०८०, शुक्रबार

कपिलवस्तुमा सिचाई सहजताका लागी विशेष योजना बनाएको मन्त्री आचार्य ।।

sundra-minसनिउल्ला धोबी,कपिलवस्तु ।  सिंचाइ राज्यमन्त्री सुरेन्द्र राज आचार्यले गृह जिल्ला कपिलवस्तुको सिंचाइ क्षेत्रको लागि आफू र मन्त्रालय प्रतिवद्ध भएर लागेको बताउनु भएको छ । कपिलवस्तुको पत्थरदैया गाविसको शकंरपुरमा भएको कार्यक्रममा मन्त्री आर्चायले सिचाई क्षेत्रलाई प्रभावकारी तरिकाले संचालन गर्ने तर्फ आफुले प्रयास गर्ने वताउनु भयो । पथरदैया गाविसले मन्त्रि आर्चायलाई जिल्लामा स्वागत र शकंरपुर तालको निरिक्षण कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा मन्त्रि आर्चायले मन्त्रालयमा वजेटको अभाव भएकाले सोचे जती काम गर्न नसकेपनि गृह जिल्ला कपिलवस्तुमा आफुले सिचाई सहजताको लागी काम गर्ने योजना वनाएको वताउनु भयो । आर्चायले कपिलवस्तु जिल्लामा ताल तलाऊको माध्यमवाट सिचाईको व्यस्था मिलाउन काम गर्ने र जिल्लामा किसानहरुको सहजताको लागी स्यालो टुवेलको पहल गर्ने वताउनु भयो । कार्यक्रम गाविस सचिव कृष्ण प्रसाद सर्माको अध्यक्षता सिचाई राज्य मन्त्री सुरेन्द्रराज आर्चायको प्रमुख आतीथ्यता , सिचाई विभागका उप महानिर्देसक सरोज पण्डीत , क्षेत्रीय निर्देसक सिसिर कोईराको विशिष्ट आतीथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली काग्रेसका कार्यवहाक सभापती अब्दुल कलाम खा, जिल्ला सदस्य हुमाकान्त खनाल , क्षेत्रीय सभापति अकिल मिया , केसव श्रेष्ठ,प्रेम व रायमाझी , केसरी चौहान वरमानन्द उपाध्यय , ईलाका प्रसासनका जगदिस अर्याल , लगायतका अतीथीहरुको आतीथ्यता रहेको थियो ।
 

धेरै कमेन्ट गरिएका

ताजा उपडेट