१४ बैशाख २०८१, शुक्रबार

चीनकाे चिन्ता बढ्दै, कोरोना भाइरसको डेल्टा भेरिअन्ट फैलिन थाल्याे

नारद मधेसी

बिबिसी ।
चीनका थप स्थानमा कोरोनाभाइरसको नयाँ प्रकोप फैलिएको देखिएपछि उक्त भाइरसको अतिसङ्क्रामक मानिने “डेल्टा भेरिअन्ट” को जोखिमलाई लिएर स्थानीय सञ्चारमाध्यममा चिन्ता बढ्दो छ।

पछिल्लो तथ्याङ्कअनुसार गत दश दिनको अवधिमा ३०० भन्दा बढी सङ्क्रमित थपिएका छन्।

नयाँ प्रकोपसम्बन्धी समाचारले सञ्चारमाध्यमहरूमा प्राथमिकता पाएका छन् र श्वासप्रश्वास रोगसम्बन्धी चीनका वरिष्ठ विज्ञले गम्भीर चिन्ता व्यक्त गरेको जनाइएको छ।

सरकारले यात्रासम्बन्धी नयाँ प्रतिबन्धहरू लागु गरेको छ र लाखौँको सङ्ख्यामा परीक्षण गरिरहेको छ।

नियन्त्रणका लागि सङ्घर्ष
स्वास्थ्य अधिकारीहरूले वुहान शहरमा डेल्टा भेरिअन्टका सातजना बिरामी देखिएको बताएका छन्।

कोरोनाभाइरसको विश्वव्यापी महामारी वुहानबाटै शुरू भएको ठानिन्छ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार १ करोड १० लाख जनसङ्ख्या भएको उक्त शहरमा सन् २०२० को जून महिनायता मानिसहरूबीच स्थानीय रूपमा पहिलो पटक सङ्क्रमण देखिएको हो।

चीन भाइरसको डेल्टा भेरिअन्टको बढ्दो प्रकोप नियन्त्रणका लागि अहिले सङ्घर्षरत छ।

दक्षिणी नान्जिङ क्षेत्रबाट शुरू भएर उक्त सङ्क्रमण अहिले देशभरि कम्तीमा १५ वटा प्रान्त र २० वटा नगरपालिकामा फैलिसकेको बताइएको छ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट