१४ बैशाख २०८१, शुक्रबार

हिन्दुबादी महाकाल संस्थाले बाबुरामकाे पुतना दहन गरेकाे छ

धर्मेन्द्र कुमार कुर्मी / विजयनगर गेडुवजोत

महाकाल सामाजिक संस्था कपिलवस्तु द्वारा जिल्ला कपिलवस्तु विजयनगर गाउँपालिका ७ चोकमा मधुनगर गर्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको पुतला दहन गरिएको छ।
सामाजिक संजाल ट्विटर मार्फत हिन्दु धर्म , सांस्कृति र आस्था माथि ठाडो प्रहार गरेको अभद्र टिका टिप्पणी प्रति महाकाल सामाजिक संस्थाका युवाहरु आक्रोशित भई हिन्दु बिरोधी नेता डा. बाबुराम भट्टराई मुर्दाबाद भन्दै अखलेश कुर्मी पुतला दहन गरेका छन्। कार्यक्रममा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई कानुनी कडा कारबाही गर्न माग गरेका हुन्। कसैले पनि हिन्दु र हिन्दुत्व माथि आच आउने किसिमको कुनै पनि कार्य गरेकोमा त्यसको घोर बिरोध गरिनेछ भनी आक्रोशित रुपमा र संस्थाका विजयनगर गाउँपालिका बिरोध प्रदर्शन कार्यक्रममा विजयनगर गाउँ पालिका संयोजक देबेन्द्र मणि त्रिपाठी, संस्थाका कार्यकर्ता अजय चौधरी लगायतको उपस्थिति रहेको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट