अशोक पौडेल ,जितपुर(कपिलवस्तु)। कपिलवस्तु उद्योग वाणिज्य संघ चारनम्बर जीतपुरले आयोजनाको गरेको आठौं कपिलवस्तु महोत्सवको तयारीअन्तीम चरणमा पुगेको छ । यसपटकको महोत्सवमाविगतको तुलनामा विविध आकर्षकहरु हुने भएकाले महोत्सवको चहलपहल बढको हो । महोत्सव व्यवस्थापनलाई चुस्त दुरुस्तर नया प्रविधिहरुको प्रयोगले महोत्सवको थप आकर्षण हुने भएको सचिवालयले जनाएको छ भने महोत्सवको उद्घाटन नेपाल सरकारका रक्षामन्त्री बालकृष्ण खाँणले गर्नुे संघका अध्यक्ष यज्ञप्रसाद भट्टराईले जानकारी दिए । महोत्सवको दिन नजिकिदै जादा विहानै देखि वैठक, छलफल र भेटघाट कार्यक्रमलाई तिब्र बनाइएको महोत्सव सचिवालयले जनाएको छ । महोत्सव सफल बनाउन गठन गरिएका विभिन्न विषयगत उपसमितिहरुले आ आफनो जिम्मेवारी अनुसारका कामहरु तिव्र बनाएको संघले जनाएको छ ।महोत्सवका विषयगत समितिका कार्य प्रगति र आगामी योजनाबारे छलफल गरिएको छ भने बाँकी कामलाई यथाशिघ्र सम्पन्न गर्ने योजना निर्माण गरिएको महासचिव छविरेश्मी मगरले बताए । महोत्सवमा स्थानीय उत्पादन र बजारलाई प्रमुख ग्राहयता दिने महासचिव छविरेश्मी मगरले बताए ।महोत्सवको स्थल र पूर्व पश्चिम राजमार्गमा स्वागत गेट निर्माण,साजसज्जा, विभिन्न निकायसंग समन्वय र सहकार्य, प्रचार प्रसारका तयारीका कामहरु भईरहेको अनुगमन समितिका संयोजक उमानाथ पौडेलले बताए । महोत्सवको आकर्षक र किनमेलका लागि दर्शकहरुको भिडभाड हुने विभिन्न व्यापारिक स्टलहरु बुकिग भइसकेको स्टल संयोजक राजन सेनले जानकारी दिए । उनले २ सय ५० विभिन्न्न स्टलहरु महोत्सवमा हुने र हालसम्म १ सय ५० स्टलहरु बुकिगभईसकेको बताए । महोत्सवमा युवायुवतीहरुको मन जित्ने र चाखलाग्दो आकर्षक कार्यक्रम छैठौं कपिलवस्तु डान्स आइडलको पनि तयारीको काम भईरहेको डान्स आइडल संयोजक राजेन्द्र गिरीले बताए । छैठौं डान्स आइडलको विजेताले ५० हजार, उपविजेताले ४० हजार, तृतीयले ३०हजार र सान्तवना हुनेलाई अन्य पुरस्कार व्यवस्था गरिएको संयोजक गिरीले बताए । यसैगरी महोत्सवको उद्घाटन कार्यक्रमलाई भब्य र सभ्य बनाउन विभिन्न संघसंस्था,समुदाय, विद्यालय संग समन्वय गरिएको संघसंस्था समन्वय समितिका संयोजक दोलख पछाईले बताए । महोत्सवमा प्रायोजक,सहप्रायोजक र विभिन्न निकायसंग समन्वय गरी श्रोत व्यवस्थापनमा लागिपरेको कपिलवस्तु बन पैदावर काष्ठ व्यवसायी संघका अध्यक्ष रुक बहादुर भुसालले जानकारी दिए । सोही अवसरमा यसपटक महोत्सव स्थल, अतिथी सत्कार र मंच व्यवस्थापनमा प्रभावकारी काम हुने समाजसेवी डोलकराम घिमिरले बताए । संघले वाणगंगा नगरपालिका र बुद्धबाटिका नगरपालिकालाई औद्योगिक र व्यापरिक नगर क्षेत्रको रुपमा स्थापित गर्ने तथा सास्कृतिक सम्पदाहरुको जर्गेना गर्ने ध्येयले वैज्ञानिक कृषि प्रणाली र समुन्नत औद्योगिक क्षेत्र निर्माण हाम्रो अभियान, ऐतिहासिक पुरातात्विक सम्पदा हाम्रो पहिचान भन्ने महोत्सवको मुल प्रकरण निर्धारण गरिएको छ । राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुकोउपस्थितीले महोत्सवले रौनतक आउने बताइएको छ ।स्थानीय कला संस्कृतिलाई विशेष प्राथमकिता दिन महोत्सवमा बताइएको छ । संघले आठौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७३ यहि मंसिर २२ गते देखि पौष ३ गते सम्म बुद्धरंगशालामा संचालन गर्दैछ । महोत्सवलाई जिल्ला विकास समिति कपिलवस्तुले प्रवर्धन, नेपाल पर्यटन बोर्ड, पर्यटक सेवा केन्द्र पोखरा,वाणगंगा नगरपालिका लगाएतले विशेष सहयोग पु¥याउने भएका छन् ।
3