लुम्बिनी प्रदेशसभा: जसपाका तीन प्रदेशसभा सदस्य पदमुक्त गरियो,

सेयर गर्नुहोस

लक्ष्मण बि सी ,
१५ साउन / अर्घाखाँची
लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीन जना प्रदेशसभा सदस्य पदमुक्त भएका छन्।प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शुक्रबार सूचना जारी गर्दै प्रदेशसभा सदस्यहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको जानकारी दिएका हुन्।

पदमुक्त भएका तीनै जना सांसदहरूमा सन्तोषकुमार पाण्डेय भौतिक पूर्वाधार विकास, विजयबहादुर यादव भूमि व्यवस्था कृषि तथा सहकारी र कल्पना पाण्डेय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छन्। उनीहरूलाई पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै प्रदेशसभा सदस्यबाट निष्कासन गर्न जसपा अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी प्रदेशसभा सचिवालयलाइ पत्र पठाएको थियो।

यसअघि पार्टीको पत्र अनुसार वैशाख १६ गते नै प्रदेश सभा सदस्यबाट निष्कासन गरिएको भए पनि सर्वोच्च अदालतले उनीहरूलाई पुनर्बहाली गरेको थियो।
प्रदेशसभा सदस्यबाट निष्कासन भएपछि अदालत गएका उनीहरूको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।मुद्दाको सुनुवाइको लागि भदौ १७ गते पेशी तोकिएकोमा पुनः तीनै जनालाई प्रदेशसभा सदस्यबाट निष्कासन गरिएको हो।

Facebook Comments Box