२८ भाद्र २०८१, शुक्रबार

मधेशी माेर्चा द्वारा अाेलीकाे पुतला दहन ।

oli-dahan अंकुश श्रीवास्तव/कपिलबस्तु , मंसिर २१। जिल्लाकाे बहादुरगंजमा संयुक्त लाेकतान्त्रिक मधेशी माेर्चा र संघीय गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा अाेलीकाे पुतला दहन गरेका छ ।

       मंसिर १४ गते संशाेधन प्रस्ताव दर्ता हुने बित्तिकै एमाले पार्टीले प्रदेश नः५ अखण्ड राख्नुपर्ने मांग गर्दै बुटवल लगायत महेन्द्र राजमार्ग अवरुद्ध पारेकाे छ । साे बन्दकाे बिराेध स्वरुप संयुक्त लाेकतान्त्रीक मधेशी माेर्चा तथा संघीय गठबन्धनले एमाले पार्टीकाे भण्डाफाेर तथा केपी शर्माअाेलीकाे पुतला दहन कार्यक्रमअाज कपिलबस्तुकाे बहादुरगंज चाैकमा गरेकाे छ ।

    क्षेत्र नः ५ मा पहाडी जिल्ला समावेश गराई बिष्णु पाैडेललाई मुख्यमन्त्री बनाउने अाेलीकाे सपनालाई धक्का दिने संशाेधन प्रस्ताव पेश भएकाे कारणले नै एमाले ले बन्दकाे घाेषणा गरेकाे हाे भन्ने बुझाई पुर्व राज्यमन्त्री ईश्वर दयाल मिश्रकाे रहेकाे छ ।पुर्व राज्यमन्त्री मिश्रका अनुसार तीन ठुला दलले मधेशकाे मांग सम्बाेधन नगरि ब्यावस्थापिका संसदकाे म्याद बढाउनकाे लागि नै यस्ताे संशाेधनकाे षडयन्त्र रचिएकाे हाे । उनले एमाले अध्यक्ष अाेली यसका मुख्य नायक हुन जसकाे सिके राउतसंग अन्तरसम्बन्ध रहेकाे छ, राउतले मधेशलाई बिखण्डित गर्ने कार्यक्रम गर्दै अाएकाे छ भने अाेलीले त्यसमा घ्यू हाल्नेकाम गर्दै अाएकाे अाराेप लगाए ।

       राजमार्गमा चक्काजाम गर्ने कार्य एमाले कार्यकर्ता र त्यसका भातृसंगठन मात्रै रहेकाे मिश्रकाे दाबी छ । नेकपा एमालेले गर्दा नै संविधान संशाेधन अवरुद्ध भएकाे तथा बन्द अराजकता बढेकाे छ, अाफ्नाे बहुमतकाे दम्भ देखाउदै अाएकाेले अहिले देश जटिल माेडमा अाईपुगेकाे सदभावना पार्टीका केन्दीय सदस्य रविदत्त मिश्रकाे भनाई छ ।  

     याे भन्दा पहिला बन्द विराेध तथा पुतला दहन कार्यक्रम सदरमुकाम ताैलिहवा , महराजगंज भईसकेकाे छ र अब अन्य बजार तथा चाैकमा गरिने जानकारी युवा नेता अजित सिहंले दिएका छन। पुतला दहनमा संघिय युवा माेर्चाका जिल्ला अध्यक्ष अजित सिहं, सदभावना पार्टीका शिवकुमार गुप्ता, राहुल सिहं लगायत मधेशी दलका नेता तथा कार्यकर्ताकाे उपस्थिति थियाे ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट