६ बैशाख २०८१, बिहीबार

शितगंगा सेवा समाजको नयाँ कार्यसमिती गठन, अध्यक्षमा विष्णु पौडेल द्ररा

लक्ष्मण बि सि,
१४ साउन /अर्घाखाँची
सुशासन , समृद्धी र एक्यवद्धता समाज सुधार हाम्रो प्रतिबद्धता” भन्ने नाराकासाथ आधारभुत सिद्धान्त अङ्गिकार गरि सामाजिक विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको शितगंगा सेवा समाजको नयाँ कार्यसमिती गठन भएको छ ।
विष्णु पौडेलको अध्यक्षतामा नयाँ कार्यसमितीको गठन भएको छ । जसको उपाध्यक्षमा, तेजप्रसाद अधिकारी, मधु अधिकारी, शेषकान्त अधिकारी, महिला उपाध्यक्षमा अम्बिका श्रेष्ठ बेल्बासे, महासचिवमा सुन्दर आचार्य, कोषाध्यक्षमा युवराज पौडेल, सचिवमा चन्द्र चुदाली पौडेल, लक्ष्मण भट्टराई, सहसचिवमा कुलराज खनाल, सदस्यमा घनश्याम पराजुली, बिजय विश्वकर्मा निर्विरोध निर्वाचित हुनु भएको छ ।

शितगंगा नगरपालिकामा बसोबास गरी रोजगारीको शिलशिलामा देश विदेशमा रहका युवाहरुको समन्वयमा २०७४ साल भदौ १५ गते सितगंगा सेवा समाज भएको थियो ।

यस वर्ष विद्युतिय प्रणाली (भर्चुअल) को माध्यमबाट बैठक सम्पन्न भएको छ । विष्णु पौडेलको अध्यक्षतामा कार्यसमितिको पहिलो बैठक बसी संरक्षकमा भिम खानाल, प्रमुख सल्लाहकारमा संस्थापक अध्यक्ष कमल घिमिरे, वरिष्ठ सल्लाहकारमा मीनराज पोख्रेल, महेन्द्र क्षत्री, विशिष्ट सल्लाहकारमा घनश्याम खनाल, विशेष सल्लाहकारमा सरिता बेल्बासे खनाल, आर्थिक सल्लाहकारमा अर्जुन भुसाल, नारायण घिमिरे र सल्लाहकारमा तुल्सिराम भन्डारी, कविराज अर्याल, मधु पन्थी, झनक केसी, बिष्णु क्षत्री, राजु अधिकारी, बिष्णु बेल्बासे, संगठन विभाग प्रमुखमा प्रेम बहादुर बगल्दार प्रचारप्रसार विभाग प्रमुखमा अराज बेल्बासे र अन्य बाँकी रहेका सदस्यको पदपुर्ति सितगंगा नगरपालिकाका १४ वडाबाट कम्तिमा एक जना पछि मनोनयन गर्ने गरि कार्यसमितिले प्रस्ताव पारित गरेको छ ।

गत ४ बर्ष देखि विभिन्न विद्यालयकोलागी आर्थिक संकलन, कम्प्युटर लगायत शैक्षिक सामाग्रीको लागि सहयोग संकलन र वितरणमा मुख्य भुमिका खेलेका स्कुल संयोजकहरु यथावत रहने पनि समितिले निर्णय गरेको छ।

संस्थाको विधान, नियामावली, अनुशासन र योजना अनुसारका आगामी कार्यक्रमलाई निरन्तरता र नगरपालिका भित्र रचनात्मक कार्य गर्दा अधिकतम समझदारी र समस्त वडाहरुको अपनत्व हुने खालका काम गर्ने प्रतिबद्धता पनि गरिएको छ ।

संस्थाको विभिन्न योजनामा सहयोग गर्ने सबै सहयोगी दाताहरुलाई विशेष धन्यवाद ज्ञापन गरिएको छ । आगामी योजनामा समेत एक्यवद्धता जनाइ अझै हामीलाई मार्गदर्शन र सहयोग गर्न पनि अपिल गरिएको छ। संस्थाको आन्तरिक गतिविधिहरु निरन्तर चलाइरहने र अझै धेरै रचनात्मक काम गर्ने समेत प्रतिबद्धता गरिएको छ ।

कोरोनाको विषम परिस्थितिमा ज्यान गुमाउनु हुने हाम्रा सहयोगीहरुका परिवार सदस्य र समस्त नेपालीहरु लगायत सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै विक्षिप्त परिवारजनहरुमा समबेदना व्यक्त गरिएको छ ।

नगरपालिका लगायत अन्य विभिन्न सामाजिक संस्थाहरु सँग समन्वय गरी समाजमा सुशासन र समृद्धी स्थापना गर्न सुधारका कार्यक्रम गर्न एक्यबद्धता कायम गरिने बताईएको छ । आय व्ययका कृयाकलापमा मितव्ययिता अपनाइ विगतमा जस्तै अति पारदर्शी तरिकाले कार्यहरु सन्चालन गर्ने, नियमन गर्ने, सस्थाका सम्पतिका अनुगमन गर्ने, अनियमिततामा संयुक्त आवाज बुलन्द गर्ने पनि प्रतिबद्धता गरिएको छ । आजसम्म यस संस्था नगरपालिका भित्र ४० लाख बराबरको शैक्षिक सामाग्री सहयोग उठाएर र संस्थाको आन्तरिक कोषबाट शितगंगा – १२ जोख्ले गहिराका पहिरो पिडितलाइ नगद ४० हजार सहयोग र ठुला रोगबाट ग्रसित लिलामणी खनाल, चुडामणी थापा र अन्य धेरैलाई संस्थामा आबद्ध सदस्यहरुले व्यक्तिगत सहयोग समेत संस्थामा छलफल पछि सामुहिक रुपमा गर्दै आएको स्मरण गराईएको छ ।

समाजलाइ रचनात्मक, शुशासित, मर्यादित, जिम्मेवार बनाउन र शितगंगालाई समृद्ध बनाउन हातेमालो गर्न समेत अनुरोध गरिएको छ।

निर्वाचन सुब्यबस्थित तरिकाले सम्पन्न गराउनु भएका निर्वाचन समितिका संयोजक कमल घिमिरे, उपसंयोजक भिम खनाल, मीनराज पोख्रेल, अस्मिता खनाल, तुल्सिराम भन्डारी र निर्बिरोध चुनाव सम्पन्न गर्न विशेष समन्वय गर्ने महेन्द्र क्षत्रीलाई विशेष धन्यवाद व्यक्त गरिएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट