मालारानीमा वडा कार्यालय बन्द रहेकाले सर्वसाधारणलाई

सेयर गर्नुहोस

  अर्घाखाँची                                                                           लक्ष्मण बि सी, १३ साउन । अर्घाखाँची को मालारानी गाउँपालिकाको वार्ड नं. ४ को कार्यालयले बिना सूचना कार्यालय बन्द गरि जनतालाई सास्ती दिएको छ।
कार्यालय समयमा उक्त कार्यालयमा कुनै पनि कर्मचारी नरहेको र सूचना पाटीमा समेत त्यस सम्बन्धी कुनै जानकारी नरहेका कारण अत्यावश्यक काम लिएर कार्यालय पुग्ने सेवाग्राहीहरुमा अन्योल सिर्जना भएको छ।
मालारानी गाउँपालिकामा कोरोनाको भयावह अवस्था सिर्जना भएका कारण गाउँपालिकाको कार्यालयले नै अत्यावश्यक काम बाहेक अन्य सेवा प्रवाह नगर्ने सूचना जारी गरिएको थियो तर सेवाग्राहीहरु अत्यावश्यक काम लिएर कार्यालयमा पुग्दा पनि सेवा पाउन सकेका थिएनन् ।

मालारानी गाउँपालिका वार्ड नं. ४ का वार्ड अध्यक्षलाई फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। वार्ड सचिबलाइ फोन सम्पर्क गर्दा कार्यालयमै भएको जानकारी गराए पनि उक्त कार्यालय पूर्णत बन्द रहेको थियो। कार्यालय समयमा कुनै सूचना बिना यसरी कार्यालय बन्द गरिदा सेवाग्राहीहरु निकै मर्कामा परेको बताउछन् ।कोरोनाको कारण देखाएर बन्द गरिएको भए पनि कार्यालयको सूचना पाटीमा त्यसप्रकारको कुनै सूचना थिएन। यसरी बिना सूचना कार्यालय बन्दले सेवाग्राहीहरु अन्यायमा परेको पुष्टि हुन्छ।

Facebook Comments Box