केन्द्रीय उपाध्यक्ष चौधरी गरे नयाँ शक्तिमा प्रवेश
कपिलवस्तु– नयाँ शक्ति पार्टीमा विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय उपाध्यक्ष दान बहादुर चौधरी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा प्रवेश गरेका छन् ।सोमबार कपिलवस्तुको तौलिहवामा भएको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनी सहित फोरम लोकतान्त्रिककै केन्द्रीय सदस्यहरु शलाहुद्दीन मुसलमान, जी आउर रहमान, केन्द्रीय सदस्य एवं कपिलवस्तु जिल्ला संयोजक मोहम्मद टफिक मुसलमान, राष्ट्रिय समाज कल्याण परिषदका कोषाध्यक्ष कुञ्ज बिहारी चौधरी, राष्ट्रिय महिला आयोग सदस्य धनेश्वरी चौधरी, फोरम लोकतान्त्रिकका कपिलवस्तु जिल्ला उपाध्यक्ष गौरी शंकर चौधरी, जिल्ला सचिव काशीराम यादवलगायत नयाँ शक्ति पार्टीमा प्रवेश गरेका हुन् ।
Facebook Comments Box