२७ भाद्र २०८१, बिहीबार

मुख्यमन्त्री जयललिताको निधन

imagesकाठमाडौँ– भारतको तमिलनाडुकी मुख्यमन्त्री जयललिताको सोमबार अपरान्ह निधन भएको छ । विगत दुई महिनादेखि अस्पतालमा उपचार गराइरहेकी मुख्यमन्त्री जयललिताको आइतबार अचानक हृदयधात भएको थियो ।

एपाेलाे अस्पतालकाे बाहिर उनका शुभचिन्तकहरूकाे बाक्लाे भिड जम्मा भएकाे छ । भिडलार्इ नियन्त्रण गर्नका लागि प्रहरीले लाठि चार्जसम्म गरेकाे भारतीय सञ्चार माध्यमहरूले बताएका छन् । तमिल नाडुमा अामा भनेर निकै चिनिएकी जयललिता अस्पतालमा गत सेप्टेम्बर २२ देखि उपचार गराइ रहेकी थिइन् । जयललिताको स्वास्थ्य लाभका लागि उनका समर्थकले रातीदेखि नै मन्दिरमा पुजा अर्चना गरिरहेका थिए।

उनी जानकी रामचन्द्रनपछि की दाेस्राे महिला मुख्य मन्त्री हुन् ।

जयललिता चलचित्रबाट राजनीतिमा प्रवेश गरेकी थिइन्। उनी दक्षिण भारतको पूर्वस्टार नायिका समेत हुन् । ६८ वर्षीय जयललिताको उपचारका लागि एम्स र बेलायतबाट चिकित्सकहरूको विशेष टोली खटाइएको थियो।

धेरै कमेन्ट गरिएका