हिन्दु विराेधी टिप्पणी गरेका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको पुतला दहन

सेयर गर्नुहोस

साउन ८/शुक्रबार कपिलवस्तु।
महाकाल सामाजिक संस्था कपिलवस्तु द्वारा जिल्लाको शिवराज नगरपालिकाको रूद्रपुर चोकमा चर्को नाराबाजी गर्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको पुतला दहन गरिएको छ।
सामाजिक संजाल ट्विटर मार्फत हिन्दु धर्म , सांस्कृति र आस्था माथि ठाडो प्रहार गरेको अभद्र टिका टिप्पणी प्रति महाकाल सामाजिक संस्थाका युवाहरु आक्रोशित भई हिन्दु बिरोधी नेता डा. बाबुराम भट्टराई मुर्दाबाद भन्दै नाराबाजी गरी पुतला दहन गरेका छन्। कार्यक्रममा संस्थाका अध्यक्ष धर्मराज विश्वकर्माले पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेका हुन्। कसैले पनि हिन्दु र हिन्दुत्व माथि आच आउने किसिमको कुनै पनि कार्य गरेकोमा त्यसको घोर बिरोध गरिनेछ भनी आक्रोशित रुपमा संस्थाका क्षेत्रिय अध्यक्ष सुनिल शुक्ल र संस्थाका शिवराज नगरपालिकाको नगर संयोजक आनन्द शुक्लाले बताएका छन्।
बिरोध प्रदर्शन गर्दै आएका युवाहरु डा. भट्टराई हिन्दु बिरोधी गतिबिधिमा संग्लन रहेको हुनाले जसपा पार्टी बाट कारवाहीको माग गरेका छन्। बिरोध प्रदर्शन कार्यक्रममा विजयनगर गाउँ पालिका संयोजक देबेन्द्र मणि त्रिपाठी, संस्थाका कार्यकर्ता युवराज पाण्डे लगायतको उपस्थिति रहेको थियो र कार्यक्रमको संचालन संस्थाका सचिव जितेन्द्र मौर्यले गरेका हुन्।

Facebook Comments Box