विकासको नमुना नदीमा पुल छ तर जाने बाटो छैन।

साउन ८गते,कपिलवस्तु।
कपिलवस्तु जिल्लाको पश्चिम सुरही नामबाट चिनिने एक नदी छ। जुन पहाडी नदी हो भन्ने गरिन्छ। त्यो नदीको विशेषता कति बेला बाढी आइदिन्छ भर हुँदैन। नदीको वरिपरि रहेका गाउँहरू जहिले पनि जोखिम मोलेर आवतजावत गर्ने गरेको पाइन्छ,भने बर्षायाममा अति उच्च जोखिममा हुन्छन्।
यो नदीले प्रायः शिवराज नगरपालिका र विजयनगर गाउँ पालिका छुट्टाएको छ। हालमा यस नदीको धेरै जसो ठाउँमा पुल बनी सकेको छ र आवतजावत गरेको पाइन्छ। तर शिवराज नगरपालिका वडा नं.८ पटपर गाउँको पश्चिम र विजयनगर गाउँ पालिका वडा नं.३ पत्थरदेइयाको पूर्व सुरही नदीमा करोडौंको लगानीमा बनेको पुल अर्थहीन भएको देखिन्छ।सो पुल करिब दुई महिना अगाडि तयार भएको छ तर जाने बाटो छैन। उक्त पुलबाट शिवराज नगरपालिका र बिजयनगर गाउँ पालिकाका करिब दर्जनौं गाउँका मानिसहरूको मुख्य बाटो रहेको भएपनि अहिलेको अवस्थामा पत्थरदेइया बाट आवतजावत गर्न निकै कठिनाइ भोगिरहेका छन्। के पुल बन्दैमा बाटोको निकास चाहिदैन?पुल बने पछि बाटो बनाउनु पर्दैन? सम्बन्धित सराेकारवालाकाे ध्यान जाओस ।
