पत्रकार गिरीको श्रद्धाञ्जली सभा सम्पन्न, हरेक बर्ष बिद्यार्थी गिरी क्रियाशिल पत्रकारीता पुरस्कार बितरण गरिने ।
वीरगंज, मंसिर १९
प्रेस मञ्च नेपाल पर्सा शाखाले बीरगंजका क्रियाशिल एवं स्वतन्त्र पत्रकार स्व.विद्यार्थी गिरीको १२औ दिनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । गहवा माई मन्दिर पार्कमा सम्पन्न सभामा बोल्दै प्रेस मञ्च नेपालका केन्द्रिय अध्यक्ष सन्तोष पटेलले स्व. गिरीको सम्मानमा हरेक वर्ष कार्यक्रम गरिने बताउदै गिरीको असमायिक निधनले पर्सेली पत्रकारहरुलाई स्तब्ध बनाएको बताउनु भयो । नेपाल पत्रकार महासंघ पर्सा शाखाका पुर्व अध्यक्ष एवं सत्य सन्देश दैनिकका सन्चालक अशोक तिवारीले प्रेस मञ्च नेपाल पर्सा शाखाले वितरण गर्ने एघार हजार पुरस्कार राशीको विद्यार्थी गिरी क्रियाशिल पत्रकारिता पुरस्कार आफनो तर्फबाट दिने घोषणा गरेका थिए । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम वन्जाराले स्व. गिरीको परिवारजनलाई महासंघको तर्फबाट सहयोग गर्ने घोषण गरेका थिए । र पत्रकारहरुका लागि चाडैनै अक्षय कोष स्थापना गरिने बताए । नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य बिजय कुशवाहाले पत्रकारहरु लाई अप्ठ्यारो एवं आपतकालिन अवस्थामा महासंघले ठोस कदम चाल्नुपर्ने र पत्रकारहरुलाई सहयोग पुरयाउने कोष स्थापना गर्नुपर्नेमा जोड दिएका थिए । नेपाल सदभावाना पार्टीका महासचिव शिव पटेलले स्व. गिरी पत्रकारिता गर्दा निकै संर्घष गर्ने र मिलनसार भावना भएको चर्चा गर्दै बारम्बार पत्रकार महासंघको सदस्यताको लागि आवेदन दिदा सदस्य हुनबाट बंचित भए तर मर्न उपरान्त पनि नेपाल पत्रकार महासंघ पर्सा शाखाको सदस्यता दिए वहाँ प्रति सच्चा श्रद्धाञ्जली हुुने धारणा राखेका थिए ।प्रेस मंच नेपाल पर्सा शाखाका उपाध्यक्ष राजु साहको सभापतित्वमा सम्पन्न श्रद्धञ्जली सभामा पत्रकार महासंघ पर्सा शाखाका उपाध्यक्ष ध्रुव साह, स्वतन्त्र मानव अधिकार समाजका केन्द्रिय अध्यक्ष कृष्णाकुमार खनाल, नेपाल प्रेस युनियन पर्साका पुर्व अध्यक्ष पुरुषोत्तम सिंह भट्टराई , विश्व हिन्दू परिषद पर्साका अध्यक्ष पंडित पुरुषोत्तम दुवे , तरुण दल पर्साक अध्यक्ष विरेन्द्र पटेल, सदभावना पार्टी पर्साका सचिव धर्मेन्द्र पटेल, प्रेस चौतारी पर्साका अध्यक्ष अनुप तिवारी , पत्रकारद्वव सुर्दशनराज पाण्डे, शिवजि मिश्रा, स्व. बिद्यार्थी गिरीका कान्छा सुपुत्र दिपेन्द्र गिरीले मन्तव्य व्यक्त गरेका थिए । साथै स्व. गिरीको परिवारजनलाई आर्थिक सहयोग पुरयाउने उद्देश्यले नेपाल पत्रकार महासंघ पर्सा शाखाका पुर्व अध्यक्ष एवं सत्य सन्देश दैनिकका संचालक अशोक तिवारीले पाँच हजार एक सयको चेक , प्रेस मंच नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले दुई हजार एक सय र विश्व हिन्दू परिषद पर्साका अध्यक्ष ज्योतिष स्रमाट पंडित पुरुषोत्तम दुवेले नगद एक हजार एक सय सहयोग गरेका थिए । कार्यक्रममा पर्सा जिल्लाका क्रियाशिल संचारकर्मी , संचार उद्यमी, संघसंस्था , राजनितीक दलका नेता एवं नगरबासीको सहभागिता रहेका थियो । स्व. गिरीको मंसिर ७ गते मकवानपुरमा टाटासुमो दुर्घटना हुदा ज्यान गएको थियो ।