अंकुश श्रीवास्तव /कपिलबस्तु ,असाेज २१ । जिल्लाकाे पश्चिमी कृष्णनगर नगरपालिका मताहतकाे एम्बुलेंस र दमकल छिट्टै संचालन हुने भएकाे छ ।
नगरपालिका कृष्णनगर तथा नागरिक समाजकाे पहल तथा भारतीय दुताबासकाे सहयाेगमा कृष्णनगर अाइपुगेकाे एम्बुलेन्स र दमकल दशैंपछि संचालन समिति बनाई तिहारभन्दा पहिला कार्न्यवयनमा ल्याउने कृष्णनगर नगरपालिकाका प्रमुख हरि पाैडेलले जानकारी दिएका छन ।
नगरपालिकाले पाएकाे दमकल ,एम्बुलेंस र फाेहाेर डुंगुर उठाउने टिप्पर संचालनका लागि प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरेकाे राेहबरमा चन्द्राैटा हाेटेलमा असाेज २ गते बसेकाे बैठकले विगतका बर्षहरुमा क्षति ब्यहाेरेका गाबिस, नगरपालिकाका साथै जिविस, वाणिज्यसंघ तथा सम्बन्धित अन्य संस्थाहरुबाट स्राेत जुटाई समितिकाे मार्फत शुचारु गर्ने निर्णय भएकाे प्रमुख पाैडेलले बताए । केही दिन पहिला एम्बुलेंस संचालन हेल्थपाेष्टबाट चलाउने पहल गरिएकाे थियाे तर हेल्थपाेष्ट कृष्णनगरले अस्मर्थता जनाएपछि सुचार हुन नसकेकाे वहांकाे भनाई छ ।
विगतका बर्षहरुमा कपिलबस्तुमा भएका अागलागिका घटनाले गर्दा व्यहाेर्नु परेकाे क्षति फेरि नदाेहाेरियाेस ,त्यसका लागि हामीले दमकल ल्याउन भारतिय दुताबास समक्ष पहल गरेकाे र छिट्टै नै संचालनमा ल्याउने कपिलबस्तु क्षेत्र नः ५ का सांसद अभिषेक प्रताप शाह भन्छन । पछिल्लाे बर्षमा कपिलबस्तु जिल्लाका कुशवहा, पत्थरदेईया, वीरपुर,लगायत जिल्लाका अन्य गाविसहरुमा भएका अागलागी घटनाले हजाराैं परिवार विस्थापित हुन पुगेका थिए । त्यास्ता घटनाबाट जाेगिनकाे लागि नै जिल्लाकाे पश्चिमी कृष्णनगर नगरपालिकामा दमकल ल्याइएकाे सांसद शाहकाे भनाई छ ।
3