बधाई दिन बिर्सेकी चिनियाँ राजदूत एक्कासि भेटघाटमा सक्रियता बढाएकी छिन

काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि बधाई दिन बिर्सेकी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज शिष्टाचार भेट गरेकी छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार भएको भेटमा राजदूत यान्छीले नेपाललाई कोभिड–१९ विरुद्धको सहयोग जारी राख्ने प्रतिवद्धता जनाइन् ।
उनले चीन सरकारका तर्फबाट नेपाललाई थप १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराउने पनि जनाइन् ।
सो अवसरमा प्रधानमन्त्री देउवाले चीन सरकारद्वारा नेपाललाई कोरोनाविरुद्धको खोप लगायत आवश्यक सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।
Facebook Comments Box
