कपिलवस्तुमा लागू ओैषध सहित ३ जना पक्राउ

अरुण श्रीवास्तव / ताैलिहवा, साउन १ ।
कपिलवस्तु जिल्लाकी एक महिलाले ब्लाउजभित्र लुकाई ल्याउँदै गरेको ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् ।
कपिलबस्तु नगरपालिका वडा नं. २ बर्दहवा स्थित सडकमा सवारी साधन तथा मानिसहरु चेकजाँच गर्ने क्रममा लागु औषध सहित ३ जना पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताए ।
पक्राउ पर्नेमा कपिलवस्तु कपिलवस्तु नगरपालिका वडा नं १ नयाँटोल बस्ने वर्ष २७ को राकेश गुप्ता र निजकी श्रीमति बर्ष २४ की प्रभावती गुप्ता भाई वर्ष २२ को बैजु कुमार गुप्ता रहेका छन् ।
उनिहरु तौलिहवा दक्षिणबाट उत्तरतर्फ आईरेहेको ३ जना चढेको यू पि ५५ वि ९४३५ नम्वरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।
सोही मोटरसाईकलको पछाडी सवार राकेशको श्रीमती प्रभावती गुप्ताले आफ्नो ब्लाउजबाट कालो रङको प्लाष्टिकको पोका निकाली श्रीमानलाई दिन लागेको अवस्थामा पक्राउ गरिएको नायब उपरिक्षक भण्डारीले बताए ।
उनिहरुबाट २९ ग्राम ७९० मिलि ग्राम लागुऔषध ब्राउन सुगर, नाइट्राभेट १० ट्याबलेट, उइन स्पास्मो १ सय २४ क्याप्सुल फेला पारी बरामद गरिएको छ । उनिहरुलाई नियन्त्रणमा लिई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले बताए ।
