अस्पताल कर्मचारीको लापरवाहीले ज्यान गयो : मृतक परिवार , ३ कर्मचारी कार्यवाहीमा

कपिलवस्तु असार ३१।
कपिलवस्तुको कृष्णनगर नगरपालिका ९ बहादुरगन्जमा रहेको शिवराज अस्पताल प्रशासनको लापरवाहीका कारण ५ बर्षका एक बालकको ज्यान गएको छ ।
मंगलबार राति कृष्णनगर १ डुमाई घर भएका मन्टु उपाध्यायको ५ वर्षिय छोरा एस उपाध्याको उपचारका क्रममा ज्यान गएको हो ।
मृतक एस उपाध्यायलाई राति सर्पले डसेको थियो । सर्पले टोकेको थाहा पाए पछि उपचारका लागि बालकलाई शिवराज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पीडित परिवारले जनाएका छन ।
उपचारका क्रममा अस्पतालका अहेव योगेश चन्द्र वि.क.ले लापरवाहि गर्दा बालकको मृत्यु भएको पीडित परिवारका सदस्य गुड्डु उपाध्यायले बताउनु भयो ।
इमेर्जेन्सी वाडमा भर्ना गरेर उपचारमा संलग्न भएका अहेव वि.क.ले उपचार भन्दा धेरै मोबाइलमा कुराकानी तिर ध्यान दिदा बालकले ज्यान गुमाउनु परेको मृतकका परिवारले आरोप लगाएका छन ।
अस्पतालमा कार्यरत कर्मचारीको र प्रशासनको लापरवाहिले आफ्नो छोराको ज्यान गएको भन्दै परिवारले लापरवाहि गर्ने कर्मचारीलाई कारबाहि गर्न माग गरेको छ ।
अस्पताल व्यवस्थापन समितिले पनि बालकको उपचारमा कम्जोरी भएको भन्दै दुई जना कर्मचारीलाई कारवाहि गरेको छ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा कृष्णनगर प्रमुख रजत प्रताप शाहले बताउनु भयो ।
पीडित परिवारले सघंर्ष समिति गठन गरि दोषिलाई कार्वाही गर्न माग गरेका छन ।
अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष र पिडित परिवारको छलफलले अहेब योगेश विश्वकर्मा र कार्यालय सहयोगी टेकनारायण थारुलाई कारबार्हि गर्दै नगरपालिका तानिएको नगरप्रमुख शाहले बताउनु भयो ।
यस्तै अस्पतालकाे सुक्ष्म व्यवस्थापनका लागि जिम्मा पाएका निर्भय सिंह र भोलेन्टीयरको रुपमा अस्पतालमा कार्यरत बादल सिंहलाई समेत हटाइएको छ ।
स्वास्थ्य विमा संयोजक अरुण कुमार चौधरीलाई कार्वाही गर्दै नगरपालिका तानिएको अस्पतालका अध्यक्ष रजत प्रताप शाहले जानकारी दिनुभयो ।
दोषि उपर छानबिन गरी पीडितलाई न्याय दिनु पर्ने अस्पताल विकास समितिका पुर्व अध्यक्ष एवं कांग्रेसका नेता दिपक शुक्लले बताउनु भयो । उहाले “यस्तो ज्यानै जाने गरी भएका घाटनाले अस्पताल प्रति नागरिकको विश्वास घट्छ, त्यसैले छनविन हुनुपर्ने माग गर्नुभयाे।
बालकको ज्यान गएपछि स्थानीय युवाहरु समेत अस्पताल प्रति अक्रोस ब्यक्त गरेका छन ।
