युगौंँ पुरानो मैत्रिपूर्ण सम्बन्धको सम्झना गर्दै भारतीय राजदुतलाई धन्यवाद

सेयर गर्नुहोस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई ज्ञापन दिएका छन्।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा निवास बूढानीलकण्ठ पुगेर उनले बधाई तथा शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले दुई देशबीचको युगौंँ पुरानो मैत्रिपूर्ण सम्बन्धको सम्झना गर्दै बधाईका लागि धन्यवाद दिएका छन्।

कांग्रेस संसदीय दलका नेता देउवाले मङ्गलबार प्रधानमन्त्रीमा नियुक्त भई पद तथा गोपानीयताको शपथपछि कार्यभार सम्हालेका हुन्।राताेपाटी

Facebook Comments Box