प्रदेश ५ टुक्राएको विरोधमा राजमार्ग ठप्प ।

सेयर गर्नुहोस

bandजानु पाण्डे
कपिलवस्तु मंसिर १८
प्रदेश नं. ५ विभाजनको विरोध गर्दै अनेरास्ववियु र युवा संघले पुर्व पश्चिम राजमार्ग ठप्प वनाएको छ । कपिलवस्तुको बुद्धबाटिका नगरपालिकाको गोरुसिंगे स्थित अर्घाखाची चोकमा प्रर्दशन गर्दै ठप्प पारिएको हो । राजमार्ग जाम भए पछी सयौ सवारी साधन बाटैमा वस्न वाद्य भएका थियो ।
युवा संघ कपिलवस्तु , अनेरास्ववियु को नेतृत्वमा चक्काजाम र गोरुसिंगे वजार वन्द गरीएको थियो । विहान ८ वजे प्रदेश नं. ५ टुक्राउनेको विरोधमा वन्द गरेका छौं । सरकारी निर्णय तत्काल फिर्ता हुन पर्छ । गल्ती नसच्चए देशनै ठप्प पार्ने युवा संघ बुद्धबाटिका का अध्यक्ष सन्तोष श्रेष्ठले वताउनु भयो ।
आजै भएको विरोध सभामा वोल्दौ अनेरास्ववियु जिल्ला अध्यक्ष विकास आचार्यले अखण्ड ५ नं. प्रदेश कायम नभए सम्म आन्दोलन नरोकिने वताउनु भयो ।  सभामा एमाले जिल्ला सदस्य वलराम भुसालले समेत सम्वोदन गर्नु भएको थियो । सभामा वोल्दै भुसालले प्रदेश टुक्राएर सरकारले गम्भिर भुल गरेको वताउनु भयो । सवै भाषी धर्म, जाती ,संस्कृती र सम्पदाले भरीएको प्रदेशमा साम्प्रदायिकता फैलाएको भुसालको भनाई थियो ।
कार्यक्रम प्रकाश भट्टराईको संचालनमा सम्पन्न भएको थियो । विरोध प्रर्दशन भोलि पनी जारी रहने वताउनु भयो । यसै गरी आज विहान युवा संघ र अनेरास्वीयुको वैठक गोरुसिंगे स्थित लुम्बिनी होटलमा वसेको थियो । आन्दोलनका विषयमा वसेको वैठकले कपिलवस्तु जिल्ला ठप्प पार्ने निर्णय समेत गरेको छ ।

Facebook Comments Box