एमालेको बन्द प्रति कपिलवस्तुमा काग्रेस सहित २१ दलको विरोध

aaga
कपिलवस्तु,मंसीर १९
संविधान संशोधन प्रस्तावमा ५ नम्बर प्रदेश विभाजनको विषयलाई लिएर नेकपा एमालेले गरेको आन्दोलन प्रति कपिलवस्तुका २१ दलले विरोध जनाएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र राप्रपा, राप्रपा नेपाल तथा मधेशी मोर्चामा आबद्ध दलहरुले कपिलवस्तु बन्दको विरोध जनाएका हुन् ।

दलहरुले चार बुंदे प्रेस विज्ञप्ती जारी गर्दै एमालेले जनतामा भ्रम सिर्जना गरेको आरोप लगाएका छन् । एमालेको उक्त हर्कतले माओवादी जनयुद्ध, दोश्रो जनआन्दोलन, मधेश आन्दोलनका समग्र उप्लब्धि गुम्ने खतरा रहेको दलहरुले बताएका छन् । ५ नम्बर प्रदेश विभाजन राज्य पुर्नसंरचना आयोगले तयार गरेको पहिचान र सार्मथ्यका आधारमा गरिएको हुदा प्रदेशबाट केहि जिल्ला टुक्राउदा कुनै समस्या नहुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
एमालेले प्रदेश विभाजन गर्ने गरि दर्ता गरिएको संशोधन विधेयक फिर्ता लिनुपर्ने भन्दै २० गते देखि कपिलवस्तु बन्द आह्वाहन गरेको प्रति दलहरुले बन्द फिर्ता लिन समेत आग्रह गरेका छन् ।

बन्द,चक्काजाम, तोडफोडले जनताले सास्ती भोग्नुपर्ने भएकाले यस्ता हर्कत बन्द गरि शान्तिपूर्ण आन्दोलनमा आउन आग्रह गरेको छ । जनताले सास्ती पाउने गरि बन्द गरिए त्यसको कडा प्रतिवाद समेत गरिने २१ दलले संयुक्त रुपमा निर्णय समेत गरेको कांगे्रस जिल्ला कोषाध्यक्ष शोहरत तेलीले जानकारी दिएका छन् । संविधान शंशोधन प्रस्ताव दुई तिहाईले पारित गरि देशलाई अग्रगामी निकास दिनुपर्नेमा दलहरुले आग्रह गरेका छन् ।