चीनले सिमा मिचेकाे खबरपछि अनुगमनमा मुख्यमन्त्रीको टोली पुग्याे विवादित स्थल

सेयर गर्नुहोस
source -wikipedia

कर्णाली ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उत्तरको छिमेकी मुलुक चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिका–६ लाप्चाको भूमि लोलुङजोङ स्थलगत अनुगमन गरेका छन् । शाहीसहित कर्णाली प्रदेशकी कृषिमन्त्री बिमला केसी र कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही हेलिकाेप्टरबाट हुम्ला पुगेका हुन् ।

चालू आर्थिक वर्ष सकिन ६ दिन मात्रै बाँकी रहेका वेला कर्णाली प्रदेशका मुख्यमन्त्री शाही सत्तासाझेदार दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीसँग विवादित भनिएको लाप्चा अनुगमनमा आएको जानकारी दिए । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीका अनुसार लाप्चा र हिल्सा सीमाक्षेत्र विवाद भएपछि वास्तविकताका विषयमा अनुगमन गर्न हुम्ला पुगेका हुन् ।

कर्णाली प्रदेश सरकारको प्रमुखको हिसाबले लाप्चा क्षेत्रको विषयमा अनुगमन गर्ने आग्रह गरेपछि मुख्यमन्त्री शाही हुम्ला पुगेको संसदीय दलका नेता शाहीको भनाइ छ । प्रदेश सभा दुईपटकसम्म अवरुद्ध भएपछि सोही समयमा मुख्यमन्त्री शाही र आफुहरू हुम्ला पुगेको कांग्रेस संसदीय दलका नेता शाहीले बताए ।

चीनले सीमा मिचेको भन्दै विवाद भएपछि हुम्लाका राजनीतिक दल पनि दुई भागमा विभाजित भएका थिए ।माओवादी केन्द्र हुम्लाका प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाको टोलीले लोलुङजोङ क्षेत्र पुगेर सीमा नमिचिएको भन्दै फरक अभिव्यक्ति दिएपछि मुख्यमन्त्रीको टोली अनुगमनका लागि पुगेको हो । ।

Facebook Comments Box