कपिलवस्तुमा बालिका सम्मेलन शुरु

सेयर गर्नुहोस

दिलिप कुमार यादव
कपिलवस्तु, १७ मंसिर /
कपिलवस्तु जिल्लामा पहिलो पटक बालिका सम्मेलन शुरु गरिएको छ । महिला तथा बालबालिका कार्यालयको आयोजना युनिसेफ र युएसएडको सहयोग तथा कालिका स्वाबलम्बन सामाजिक केन्द्र र युवालयको समन्वयमा तौलिहवामा तिन दिने सम्मेलन शुरु भएको हो । बालिका सम्मेलनको मुख्य उद्देश्य बालविवाह उन्मुलन गर्ने बालिकाहरुलाई सचेत गराई प्रतिबद्धता व्यक्त गराउनु रहेको जनाईएको छ । सम्मेलनम ५ हजार बालबालिकालाई सहभागी गराउने लक्ष्य रहेको जनाउदै जिवन उपयोगी सिप, प्रतिभा प्रस्फुटन, बालविवाह विरुद्धको बृतचित्रहरुको प्रदर्शनी, नाटक प्रदर्शन, नृत्य, विभिन्न प्रतियोगीताहरु, नागपास, फेस पेन्टिङ्ग र बाल बिवाह बिरुद्धको सामुहिक प्रतिबद्धता गराईने युनिसेफका बालसंरक्षण अधिकृत कामदेब खनालले बताए । सो अवसरमा बोल्ने अधिकासं बक्ताले कपिलवस्तु जिल्ला बालबिवाहमा सातौ स्थानमा रहेको र जिल्लाको बालबिवाहको दर ६५ दशमलब ५० प्रतिशत रहेको बताएका थिए । जिल्लामा ६५ हजार किशोरी रहेकोमा किशोरीको बिधालय छोडने दर ३८ प्रतिशत रहेको बताईएको थियो । जिल्लामा ४० प्रतिशत किशोरी बालबिवाहको जोखिममा रहेकोले सम्मेलनले सो बारे साझा अवधारणा बनाउन आवश्यक रहेकोमा जोड दिएका थिए । कार्यक्रममा मन्तब्य दिदै बालबिवाह रोक्नुका साथै बालिकालाई बिधालय जाने बातावरण बनाउने बिषयको साझा धारणा बनाउन सम्मेलन सहयोगी साबित हुने स्थानिय बिकास अधिकारी चन्द्रकान्त न्यौपानेले बताए । महिला बिकास अधिकृत कमला पौडेलको अध्यक्षता, बाल कल्याण समितीका सदस्य पशुपतिमणी त्रिपाठीको स्वागत र दिपेन्द्र पन्थीको सञ्चालनमा सम्पन्न कार्यक्रममा गैसस महासंघ अध्यक्ष प्रबिण कुमार श्रीवास्तब, पत्रकार महासंघका प्रतिनिधी खग प्रसाद चापागाई, जिल्ला बाल सञ्जाल उपाध्यक्ष गायत्री गुप्ता, अन्तरपार्टी महिला सञ्जाल अध्यक्ष सन्तोषी पाण्डे, बाल क्लब सदस्य युवराज गुप्ता लगायतले मन्तब्य दिएका थिए ।

Facebook Comments Box