कपिलवस्तु ,
महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत यहि मंसिर १० गते देखि २५ गते सम्म विभिन्न कार्यक्रम गरी मनाउदै आएको छ ।
संस्थाले अभियान सफल पार्न विभिन्न संस्थाको सहकार्यमा विभिन्न कार्यक्रम गरी १६ दिने अभियान मनाउने विषयमा शिवराज नगरपालिका भित्र रहेका विभिन्न संस्थाहरुको समन्वयनमा कार्यक्रम हुदै आएको छ । यसै सन्दर्भमा आज सहज नेपालको आयोजनामा महिला हिंसा अन्त्यका लागि सरोकारवालाको भुमिका बिषयमा अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ । कार्यक्रमलाई संबोधन गर्दै कार्यक्रमका प्रमुख अथिति नेकपा एमाले जिल्ला सचिवालय सदस्य नेत्रराज अधिकारीले जबसम्म महिलाहरुले बिक्षा हासिल गर्दैनन वा जब सम्म सबै महिलालाई शिक्षको धारमा ल्याउन सकिदैन तबसम्म महिलाहरु हिंसाको सिकार बन्ने भन्दै बिगतमा भन्दा केहि सुधार भएकोले आफुबाट र घरैबाट हिसांको अन्त्य गर्नुपर्ने जोड दिनुभयो । त्यस्तै कार्यक्रममा सृजनशिल सहकारीका अध्यक्ष्क्ष्य सुशिला खनाल,दियालो नेपालका अध्यक्ष कृष्णमायां भुसाल,लैंगिक हिसां समनय समिति कोषाध्यक्ष जगत बहादुर जिसि,चन्द्रौटा उद्योग वाणिज्य संघका महासचिब दमन भाट क्षेत्री,ब्यापार संघका महासचिब जगत पौडेल,मानब अधिकार प्रतिष्ठानका जिल्ला सभापति बिष्णु प्रसाद खतिवडा,नगर बिकास समिति अध्यक्ष हरि पोखरेल,युवा नेता जय थापा ,बिन्दबासेनी ससस्त्रगणका पैहरी निरिक्षक लगायतको आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै बक्ता हरुले कसैले कसैलाई हिसां गर्न नहुने भन्दै पछिल्लो समयमा बैदेशिक रोजगारमा गएका दाजु भाइ,दिदि बहिनिले अत्यान्तै कठिन स्थितिमा कमाए पठाएको रकम केहि मानिसले दुरु पयोग गरेको भन्दै यस्ता कार्यले पनि केहि मानिस हिसांको सिकार भएको भन्दै यस्ता कार्य रोक्न अनुरोध समेत गरेका थिए ।कार्यक्रममा सहजनेपालका अध्यक्ष्य सिबी गहतराजको अध्यक्ष्यता नेकपा एमाले जिल्ला सचिवालय सदस्य नेत्रराज अधिकारीको प्रमुख आथित्यता नेपाली काग्रेश जिल्ला समिती सदस्य तथा नगर बिकास समिती अध्यक्ष हरि पोख्रेल ,युवानेता अजय थापा शिबराज नगरपालिका कार्यलय निमित्त कार्यकारी अधिकृत मोहन केसी ,मानब अधिकार प्रठिस्ठान सभापति बिस्ण्ुा प्रसाद खतिवडा ,ब्यापार सघंका महासचिब जगत पौडेल ,उद्योग बाणिज्य सघंका महासचिब दमन क्षेत्री ,अन्तरपाटी महिला सञ्जाल शिबराज नगरपालिकाकी सान्ता राना ,लैङलिक हिशां समन्य समितीका जगत जिसी ,दियालो नेपालकी कृष्णमाया भुसाल ,सगरमाथा वेल्फेयर सोसाइटीका नेत्र प्रसाद बेल्बासे ,सामाजिक बिकास मचंका बिस्णु अधिकारी लगायतको आथित्यता सहजनेपालका सचिब सञ्जिब गहतराजको स्वागत तथा सहसचिव गिता पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
समाजमा रहेको हिसां अन्त्य गर्न छोरीलाई शिक्षमा जोड र अबसरको खोजिगर्न सहयोग पुराउनु पर्ने भन्दै बिगतका वर्षहरुमा गरेका कार्यक्रमले समुदायमा कस्तो खालको प्रभाव पारेयो हिसांका रुपहरु कस्ताछन भन्ने कुराको खोजि गर्नुपर्ने बताउनु भयो । त्यसै गरी कार्यक्रममा मानब अधिकार कर्मी ,महिला अधिकार कर्मी समाजसेबी , राजनितीज्ञ , ब्यापारी ,शिक्षक , लगायत १०० बढीको सहभागीता रहेको थियो । हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत अन्य संस्थाले बिभिन्न कार्यक्रम गर्ने भएका छन यसै १९ गते मानव अधिकार रक्षक दिवसको दिन मानव अधिकार प्रतिष्ठान,महिला मानव अधिकार रक्षक संजाल, सामाजिक विकास मंच र होटल व्यवसायि संघले अन्तरक्रिया कार्यक्रम गर्ने ,मंसिर २० गते स्वयम् सेवक दिवसको अवसरमा सगरमाथा वेल्फेयर सोसाइटी नेपालको आयोजनामा रुऽपुर चोकमा सरसफाई गर्ने २१ र २२ गते दियालो नेपाल र अन्तर पार्टी महिला संजालले विसुनपुर,जवाभारी र चनइको दक्षिणी भेल्टमा महिला हिंसा विरुद्धको अन्तरक्रिया कार्यक्रम गर्ने ,मंसिर २२ गते भष्ट्रचार विरुद्धको दिवसमा दियालो नेपाल र शिवगढी साहित्य संगमले महिला हिंसा विरुद्ध विद्यालय स्तरीय वाक्तृत्वकला प्रतियोगिता गर्ने , मंसिर २५ गते मानव अधिकार दिवस र महिला हिंसा विरुद्धको १६ दिने अभियानको समापन लैगिंक हिंसा समन्वय समितिले गर्ने गरी महिला हिंसा विरुद्धको १६ दिने अभियानलाई सफल पार्ने निर्णय भएको छ ।
3