१५ बैशाख २०८१, शनिबार

हिन्दू अधिराज्य कायम गर्न माग राख्दै ‘स्वास्थ नागरिक’द्वारा काठमाडौंमा प्रदर्शन

 

काठमाडौं । राजसंस्थासहितको बैदिक सनातन हिन्दू अधिराज्य कायम गर्न माग राख्दै स्वास्थ नागरिक नामक अभियानले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

बुधबार काठमाडौंको माइतिघरमा उनीहरुले शाह बंशीय राजसंस्थासहितको प्रज्ञातन्त्र कायम गर्नुपर्ने र बैदिक सनातन हिन्दू अधिराज्य कायम गर्नुपर्ने भन्दै प्रर्दशन गरेका हुन् ।

साथै उनीहरुले निषेधको राजनीति बन्द गर्नुपर्ने, राष्ट्रिय एकता कायम गर्नुपर्ने जनाएका छन् । प्रदर्शनमा सहभागीहरुले सम्पूर्ण नेपालीलाई कोरोना खोप सुनिश्चित गर्नुपर्ने, हिन्दूराष्ट्र कायम गर्नुपर्नेलगायतका प्लेकार्ड बोकेका थिए ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट