कृष्णनगर /कपिलवस्तु, १७ मंसिर ।
नेपालका अल्पसंख्यक मुस्लिम समुदायको शैक्षिक समस्याप्रति सरकार गम्भीर हुनुपर्ने राष्ट्रिय मदरसा संघका अध्यक्ष डा। अब्दुल गनी अलकूफीले अपिल गर्नुभएको छ ।
रुपन्देहीको भैरहवा एयरपोर्टमा आपूर्तिमन्त्री दीपक बोहरासँग मदरसा र मुस्लिम समुदायका अन्य संवेदनशील समस्याबारे अवगत गराउँदै मदरसा संघका केन्द्रिय अध्यक्ष अलकूफीले यस्तो आग्रह गर्नुभएको हो । नेपालकै सबैभन्दा पुरानो १सय ३ वर्षीय मदरसा जामिया सिराजुल उलूम अल सलफिया कृष्णनगरलाई विश्व विद्यालयको मान्यताका लागि पहल कदमी चाल्न आपूर्ति मन्त्री बोहरासँग मदरसा संघका अध्यक्ष अलकूफीले अनुरोध गर्नुभयो ।
मदरसाले अनेकौं चुनौती खेप्नुपरेको औल्याउँदै मुस्लिम एजूकेशनल प्याकेज लागू गर्नुपर्ने राष्ट्रिय मदरसा संघका महासचिव मौलाना मशहूद खाँ नेपालीले माग राख्नुभयो । नेपाल सरकारले मदरसा शिक्षाको प्रमाण पत्रलाई मान्यता नदिंदा सरकारी जागिरबाट समेत बञ्चित हुनुपरेको समस्या औल्याउँदै मदरसा डिग्रीलाई मान्यताका लागि पहल गरिदिनका लागि आपूर्ति मन्त्री बोहरासँग मदरसा बोर्डको केन्द्रिय सदस्य समेत रहनुभएका मौलाना नेपालीले अपिल गर्नुभयो । सरकारी सर्वेक्षण अनुसार मुस्लिम समुदाय दलितभन्दा पनि पछाडि पारिएको गुनासो गर्दै मदरसा संघका महासचिव मौलाना नेपालीले मुस्लिम समुदायका लागि मुस्लिम शिक्षा प्याकेज लागू गर्र्न जिकिर गर्नुभयो ।
यसैगरी मदरसा संघका अन्य पदाधिकारीहरुले समेत अन्तक्रियाका क्रममा नेपाली हाजीहरुको समस्यालाई ध्यानमा राख्दै आवाश, कार्यालय, जामा मस्जिद, भोजनालय र प्रशिक्षण कक्ष सहितको हज हाउसको व्यवस्थाका लागि पहल गरेमा केही राहत पुग्ने विश्वास व्यक्त गरेका थिए । अन्तरक्रियामा सांसद इश्तियाक अहमद खान, केन्द्रिय हज समिति सदस्य अल्हाज किफायतुल्लाह खान, मौलाना जÞहीर अहमद बरेली, अब्दुल हई ९प्रधान जी० का साथै राष्ट्रिय मदरसा संघका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो । सहभागीले अल्पसंख्यक मुस्लिम समुदायको समस्यालाई सरकारले गम्भीरताका साथ लिन आग्रह गरेका थिए ।
यता आपूर्ति मन्त्री बोहराले मदरसा संघले जायज मागप्रति सकारात्मक प्रतिक्रिया दिंदै समस्या समाधानका लागि हरसम्भव सहयोग पुर्याउन पहल चाल्ने आश्वासन दिनुभयो । साथै मदरसा संघको उत्तरोत्तर प्रगतिको कामना गर्दै सिंह दरबार आउने निमन्त्रणा समेत दिनुभएको बताइएको छ । भेटघाटका क्रममा मदरसा संघका अध्यक्ष डा। अब्दुल गनी अलकूफीले नेपाली भाषामा उल्था गरिएको कुरान प्रदान गर्दै सुखशान्तिको कामनासहित मुस्लिम समुदायको मागप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभएको थियो ।
3