देशकाे ठुलाे क्षति गराएपछि प्रचण्डलाई राजा नै ठिक भनी आत्मबाेध
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमा बल्ल विगतको भूल र आफूले गरेका क्षतिप्रति आत्मबोध हुन थालेको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले देशले ठूलो क्षति भोगेपछि र परिवर्तनका नाममा ठूलठूलो भुल गरेपछि प्रचण्डमा राजा नै ठिक रहेछन् भन्ने आत्मबोध देखिएको औंल्याएका छन् । विपक्षी गठवन्धनको बिहीबारको पत्रकार सम्मेलनमा प्रचण्डले अहिलेको राष्ट्रपतिभन्दा राजा नै ठिक भएको बताएका थिए ।
सोही भनाईप्रति प्रतिक्रिया जनाउँदै लिङ्देन भन्छन्, ‘प्रचण्डजीले अहिले त न शान रहयो नत मान नै बरू राजाको बेलाको शान र माननै अलग्गै थियो भन्नु भएछ । देशले धेरै क्षति बेहोरी सकेपछि तपाईंहरूमा घोषित अघोषितरूपमा परिवर्तनका नाममा विगतमा ठूलाठूला भुल गरिएछ भन्ने आत्मबोधको सिलसिला सुरु भएको देखिन्छ ।’
प्रचण्डमाथि जनयुद्धका नाममा १७ हजारभन्दा बढि निर्दोष नेपाली जनताको हत्याको हत्या गरेको, अरु दशौं हजारलाई अंगभंग, टुहुरो र बिधवा बनाएको, खर्बौं रुपियाँको राज्यको सम्पत्ति नष्ट गरेको आरोप लाग्दै आएको छ ।
