१४ बैशाख २०८१, शुक्रबार

बिहीबारदेखि ओलीविरूद्ध आन्दोलन गर्ने विपक्षी गठबन्धनको निर्णय

 

काठमाडौं। ५ दलीय गठबन्धनले संसद विघटनविरुद्ध संघर्ष गर्ने भएको छ। बुधबार बसेको गठबन्धनको बैठकले संसद विघटनविरुद्ध आन्दोलन नै घोषणा गर्ने निर्णय गरेको हो।

गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाका नेता कृष्ण अधिकारीले बिहीबार पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रमहरु सार्वजनिक हुने जानकारी दिए। बिहीबारै मुख्य सञ्चारमाध्यमका सम्पादकहरुसँग अन्तर्क्रिया समेत गरिने नेता अधिकारीले जानकारी दिए।

बुधबार अपराह्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवासमा बसेको बैठकमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अधिकारीसहितका नेताहरु सहभागी थिए।

यसअघि विपक्षी गठवन्धनका ५ दल समर्थित विद्यार्थीहरुले ओली सरकारविरुद्ध बिहीबार विरोध प्रदर्शन गरिने बताएका थिए। विद्यार्थी संगठनहरुले बिहीबार काठमाडौंको प्रदर्शनीमार्गमा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरिने जनाएका छन्।।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट