पुल नगरपालिकाले बनायाे ,बाटाे हामी बनाउंछाै : मन्त्री पाण्डे

कपिलवस्तु , असार ९ । भाैतिक याेजना तथा पुर्वाधार मन्त्री सन्ताेष पाण्डेयद्वारा कृष्णनगरमा घाेरही पुल उद्घाटन गरिएकाे छ ।
कृष्णनगर नगरपालिकाले निर्माण गरेकाे वडा १ मा पर्ने घाेरही नदीमा पुललाई आज लुम्बिनी प्रदेशका भाैतिक याेजना तथा पुर्वाधार मन्त्री संताेष पाण्डेयले उद्घाटन गर्नु भएकाे हाे । पुल उद्घाटन गर्दै मन्त्री पाण्डेयले मर्चवार र कृष्णनगर क्षेत्रलाई आवश्यक याेजना मैले दिनेनै छु साथै पुल निर्माण नगरपालिकाले गरेकाे छ भने बाटाे मैले बनाईदिने प्रतिवद्धता समेत गर्नुभयाे ।
कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले आफू नगरभित्रका अबिकसित गाउंलाई शहरसंग जाेडेर बिकास कार्यलाई तिव्रता दिएकाे बताउनुभयाे । उनले सुरई खाेलामा झाेलुंगे पुल निर्माण गरि डुमई गाउँलाई शहरसंग जाेडियाे ,साथै चरंगहवा नदी पारीका भारतीय सिमासंग सटेका अति पछाडि परेकाे भदुई,बरईपुर गाउंहरुलाई शहरसंग जाेड्न पनि प्रदेश सरकारसंग पुलका लागि बजेट माग गरि हाल साे पुल निर्माण भईरहेकाे जानकारी गराए ।
आर्थिक बर्ष ०७६/७७ मा कुल २.८५ कराेड बजेट विनियाेजन गरि नगरपालिकाकाे वडा १काे छितुहनी, सिसहनिया लगायतका आधा दर्जन गाउँलाई मुख्य बजार कृष्णनगरसंग जाेड्ने घाेरही नालाकाे पुल निर्माण गरिएपछि स्थानीयहरु हर्षित भएका छन । बर्षायाममा शिवानगरकाे श्रीदेवी माध्यमिक विद्यालय जुन पहिला आधारभुत तह थियाे पछि नगरपालिकाले मावि गर्याे त्यस विद्यालयमा पढ्न जाने बिद्यार्थीहरुमा पनि उत्सह थपिएकाे वडाध्यक्ष तुंगनाथ चाैधरीकाे भनाई छ ।
उद्घाटन कार्यक्रममा स्थानीय समाजसेवी शैलेष प्रताप शाह , प्रह्लाद पाण्डेय, दिनेशचन्द्र गुप्ता लगायत जनप्रतिनिधि र सर्वासाधारणकाे उपस्थित थियाे ।