सनिउल्ला धोबी,
कपिलवस्तु मंसीर १६ .प्रदेश विभाजनको विरोध गर्दै कपिलवस्तुको चन्द्रौटामा विरोध प्रदर्शन भएको छ । सरकारले प्रदेश नम्बर ५ बाट पहाडी पाँच जिल्लालाई अलग गरी संशोधन प्रस्ताव दर्ता गरेपछि कपिलवस्तुको चन्द्रौटा लगायत जिल्लाका विभिन्न स्थानमा विरोध प्रदर्शन निकालिएको हो
कालो व्यानरसहित “हिमाल पहाड तराई, कोही छैन पराई, प्रदेश नं. ५ टुक्र्याउन पाइँदैन, संविधान संशोधन प्रस्ताव दर्ता खारेज गर” लगायतका नारा जुलुस प्रदर्शन गर्दै चन्द्रौटाको ससत्र प्रहरी चेक पोईन्टवाट निकालिएको ¥याली इलाका प्रशासन कार्यालय पुगी पुनः चन्द्रौटा चोकमा आई कोणसभामा परिणत भएको थियो
कोणसभामा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य नेत्रराज अधिकारी, एमाले क्षेत्रीय अध्यक्ष ओमप्रकाश कुर्मी, राष्ट्रिय जनमोर्चाका राप्ती लुम्बिनी क्षेत्रीय सदस्य हिमलाल वाग्ले, युवा संघ नेपालका केन्द्रिय सदस्य टोपलाल पोखरेल, अनेरास्ववियू क्षेत्र नं. ५का क्षेत्रीय अध्यक्ष दिपक अनुरागी लगायतले प्रचण्ड नेतृत्वको सरकारले संसद सचिवालयमा दर्ता गरेको संबिधान संशोधन विधेयक तत्काल फिर्ता लिन आग्रह गरेका थिए । प्रस्ताव फिर्ता नलिए आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएका थिए ।
एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियूको संयुक्त आयोजनमा निकालिएको विरोध प्रदर्शनमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नागरिक समाज, बुद्धिजिवी, विद्यार्थी लगायतले ऐक्यबद्धता जनाउँदै प्रदर्शनमा उत्रिएका थिए । यता जिल्लाको गोरुसिङगे, जितपुर लगायतका स्थानमा पनि विरोध भएको छ ।
यसैविच………..
चन्द्रौटा उधोग वाणीज्य संघ चन्द्रौटा कपिलवस्तुले सरकारले प्रदेस न ५ लाई विभाजन गर्ने निर्णय वारे अन्तरक्रिया कार्यक्रम गरेको छ । संघको कार्यलयमा राजनैतिक दल र विभिन्न संघ सस्थाको विचमा भएको अन्तरक्रियामा सान्ति पुर्ण विरोध प्रर्दसन गर्नु पर्ने औल्याएका थिए । लोकतन्त्रमा आफना माग राख्नु सकरात्मक भएको भन्दै मागहरुलाई सान्ती पुर्ण तरिकारले राख्नु पर्ने वताएका थिए । आपसी सदभाव लाई ख्याल गरेर प्रर्दसन गर्न राजनैतिक दलले सुझाव दिएका थिए । अन्तरक्रिया उधोग वाणीज्य संघका अध्यक्ष जमसेद अली मियाको अध्यक्षता महासचिव दमन भाट क्षेत्री को संचालन वरिष्ठ उपाध्यक्ष ईश्वरी पाण्डे लगायतको सहभागीतामा सम्मपन्न भएको हो ।
3