१४ बैशाख २०८१, शुक्रबार

पशुपति क्षेत्रमा राम मन्दिरको शिलान्यास गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरिया ।

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले पशुपति क्षेत्र विकास कोषको निरीक्षण गरेका छन्।

कोषका अध्यक्षसमेत रहेका मन्त्री अरगरिया आइतबार बिहान कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा र सदस्य सचिव प्रदीप ढकालका साथमा निरीक्षण गरेका हुन्। निरीक्षणका क्रममा उनले पशुपतिनाथ मन्दिरको दर्शन पनि गरेका छन्। त्यसैगरी पशुपति परिसरभित्रै रहेको राम मन्दिरको धार्मिक विधिअनुसार शिलान्याश गरे। भूकम्पबाट क्षतिग्रस्त मन्दिरको पुनर्निर्माणका लागि काम सुरु भएको छ। ७ करोड लगानीमा आगामी अढाई वर्षभित्र सक्नेगरी राम मन्दिरको निर्माण सुरु भएको हो।

शिलन्यासपछि मन्त्री अरगरियाले राम मन्दिरले धार्मिक पर्यटनमा थप टेवा पुग्ने बताए। उनले समयमै निर्माण कार्य सम्पन्न गर्न पनि निर्देशन दिए।

मन्दिर पुरातत्व विभागको मापदण्डअनुसार परम्परागत शैलीमा बन्ने उनको भनाइ छ। मन्त्री अरगरियाले युनेस्कोको विश्व सम्पदा सूचीमा परेको सम्पदाको कुनै संरचनागत परिवर्तन नहुने प्रष्ट पारेका छन्।

साधुसन्तको सुरक्षालाई ख्याल गरेर निर्माण हुने बताउँदै कसैलाई पनि अवहेलना र निकालिने वातावरण अन्त्य गरिने उनको भनाइ थियो। शिलान्याश कार्यक्रममा सदस्य सचिव ढकालले मन्दिर निर्माणको काम समयमै सकिने बताए। कार्यक्रममा जसपाका युवा नेता मनिष मिश्रा, कोषका पदाधिकारी, साधुसन्त र भक्तजन सहभागी थिए।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट