१४ बैशाख २०८१, शुक्रबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संसारकै लोकप्रिय नेताको पहिलो स्थानमा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अन्य विश्व नेताहरुलाई उछिन्दै संसारकै लोकप्रिय नेताको सूचीमा पहिलो स्थानमा सूचीकृत भएका छन् ।                                   अमेरिकाको डेटा इन्टिलेजेन्स फर्म मर्निङ कन्सल्टको पछिल्लो सर्वेमा मोदी विश्व नेताहरुको पहिलो स्थानमा छन् । मोदीको अप्रुभल रेटिङ १०० मा ६६ प्रतिशत छ ।उक्त फर्मले शुक्रबार बिहान सार्वजनिक गरेको सूचीमा अमेरिकी राष्ट्रपति बाइडेनको अप्रुभल रेटिङ ५३ प्रतिशत छ र उनी छैठौं स्थानमा छन् ।इटालीका मारियो ड्राघी ६५ प्रतिशतपछि दोस्रो स्थानमा छन् । उक्त अध्ययनमा अमेरिका, बेलायत, रुस, अष्ट्रेलिया, क्यानडा, ब्राजिल, फ्रान्स र जर्मनीसहित १३ मुलुकका नेतालाई समावेश गरिएको थियो । यो वर्ष मोदीको लोकप्रियतामा २० प्रतिशत गिरावट आए को छ र अहिले पनि ६६ प्रतिशतले उनलाई रुचाउँछन् ।मर्निङ कन्सल्टले प्रत्येक साता राजनीतिक उथलपुथल अनुसार लोकप्रियता मापनको ट्रयाक अपडेट गर्नेगर्छ ।मोदीको लोकप्रियता उकालो लाग्नुमा गत जुन ७ मा उनले देशवासीको नाममा सम्बोधन गर्नुलाई कारण मानिएको छ ।जुन सम्बोधनमा मोदीले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई निःशुल्क को-भिड खोप लगाउने घोषणा गरेका थिए । राज्य सरकारलाई ७५ प्रति शत खोप आपूर्ति गर्ने घोषणा पनि उनले गरेका थिए । उनले नोभेम्बरसम्म ८० करोड नागरिकलाई निःशुल्क खाना बाँडने घोषणा पनि गरेका थिए ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट