दलित भएकै कारण काेठा नदिने पक्राउ

दमक, ६ असार ।
दलित भएकै कारण कोठा दिन नमानेको आभियोगमा एक महिला पक्राउ परेकी छिन् ।
सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारलाई दलित भएकै कारण कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती प्रधानलाई आइतबार पक्राउ गरेको हो ।
दलित भएकै कारण कोठा नदिएको भनी जाहेरी परेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।
कोठा खोज्ने क्रममा जातीय विभेद गरी कोठा नदिएको भन्दै रूपाले घरबेटीविरुद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन् ।
Facebook Comments Box
