१३ बैशाख २०८१, बिहीबार

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा बाढी पीडितका लागि घटनास्थल पुगि राहत वितरण

काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा गएको भीषण बाढीका कारण विस्थापित हुन पुगेका जिल्लावासीका लागि राहत समाग्री पठाइएको छ ।
हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह संघचालक कल्याणकुमार तिम्सिनाको नेतृत्वमा संघको केन्द्रीय कार्यालय केशव धामबाट राहत सामग्रीसहित संघका स्वयंसेवकहरूको एउटा टोली हेलम्बुतर्फ प्रस्थान गरेको छ ।

राहत सामाग्रीमा कम्बल, तिरपाल, ग्यास चुल्हो, चामल-दाल-तेलसहित खाद्यान्न, थरमस, थाली, गिलास आदि सय/सय थान पठाइएका छन् ।

हिन्दू स्वयंसेवक संघ नेपालका साथै सेवा इन्टरनेशनल नेपाल, विश्व हिन्दू परिषद् नेपाल, एकल अभियान, लायन्स क्लब काठमाडौँ समर्पण, माहेश्वरी समाज लगायत विभिन्न सेवाभावी संघ/संस्थाद्वारा संग्रह गरिएको राहत सामग्री हेलम्बु पठाइएको हो ।

सह संघचालक तिम्सिनाले भने,‘अविरल वर्षासँगै मेलम्चीमा आएको बाढीले हेलम्बु गाउँपालिकाका ६ सयभन्दा बढी परिवार घरबारविहीन भएको तथ्य विभिन्न सञ्चारमाध्यमबाट जानकारीमा आएको छ । समाजका बन्धु/बहिनीहरू पीडित भएको यस अवस्थामा संघ विचार परिवारका तर्फबाट पहिलो खेपमा हामीले अत्यावश्यक सामग्री हेलम्बुतिर लिएर जाँदैछौँ ।’

धेरै कमेन्ट गरिएका

ताजा उपडेट