महिला हिंसा अन्तयका लागि पुरूष पद यात्रा

सेयर गर्नुहोस

15227940_689182207914206_1551889042_n

दिपक खड्का
चन्द्रौटा कपिलवस्तु मंसीर १६,
२६ औ अन्तराष्टिय महिला हिंसा विरूद्धको १६ दिने अभियान यहि मंसिर १० गते देखि २५ गते सम्म कपिलवस्तु जिल्लामा महिला अधिकार सुनिश्तका लागि विभिन्न संध संस्था द्वारा महिला हिंसा अन्तयका लागि सचेतना मूलक कार्यक्रम गरि रहेको छ ।

बुधबार भएको तौलिहवामा महिला हिंसा अन्तयका लागि पुरूष पद यात्रा सम्पन्न भएको छ । घर शान्ति नै विश्व शान्तिको अधार सबैका लागि शिक्षा भन्ने मुल नारा सहित पद यात्रामा सहभागि भएको कालिका स्वावलम्वन सामाजिक केन्द्रका कार्रकारी निर्देशक रामेन्द्र सिंह रावलले बताए ।

उक्त कार्यक्रम महिला विकाश कार्ययालय कपिलवस्तु , कालिका र युवालय काठमाडौ द्वारा आयोजना गरिएको सुदिप चापागाईले बताए ।

Facebook Comments Box