१३ बैशाख २०८१, बिहीबार

व्यापार संघ कपिलवस्तुद्धारा प्रधामन्त्री प्रचण्डलाई ज्ञापन पत्र

15300536_327448130974466_1118722386_n

कृष्ण गैरे , कपिलवस्तु मसिंर १५
सरकारले प्रदेस न ५ विभाजन गर्ने प्रस्ताव संसदमा दर्ता गरेको विरुद्धमा व्यापार संघ कपिलवस्तुले आज प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पठाएको छ ।

व्यापार संघ कपिलवस्तुले आज ईलाका प्रसाशन कार्यलय चन्द्रौटा मार्फत प्रधानमन्त्री प्रचण्ड समक्ष ज्ञापन पत्र पठाएको हो । संघले प्रदेश न ५ लाई टुक्राई मधेश र पहाडका जिल्ला अलग अलग गराउने सरकारको प्रस्ताव प्रति गम्भिर आपती प्रकट गरेको छ ।
व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा भनीएको छ सान्त रहेको प्रदेसलाई टुक्राउने काममा लाग्दा यस क्षेत्रको जनजीवनमा नकरात्मक प्रभाव पर्न गई उधोग व्यापार तथा अन्य गतिविधीमा असर पर्ने छ ।
स्वाथ्य , सिक्षा व्यापार लगायतका सवै हिसावले मिलेर वनेको प्रदेश न ५ लाई कदापी अलग गर्न नहुने संघको तर्क रहेको छ

। जन भावना नवुझी प्रदेस टुक्राउने कामलाई अगाडी वढाए त्यसको प्रतिरोधको निम्ती जनताको साथमा आन्दोलनमा जाने संघले ज्ञापन मार्फत चेतावनी दिएको छ ।
ईलाका प्रशासन कार्यलय चन्द्रौटाका प्रमुख उप सचिव मेघनाथ पाध्ययलाई संघका अध्यक्ष महादेव पोखरेलले ज्ञापन पत्र हस्तारण गर्नु भएको थियो । ज्ञापन पत्र वुझाउन व्यापार संघको प्रतिनिध मण्डल प्रसासन कार्यलयमा पुगेको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट