कपिलवस्तुमा पहिलो पटक बालिका सम्मेलान मंसिर १७,१८र १९ गते हुने

सेयर गर्नुहोस

दिलिप कुमार यादव , कपिलवस्तु/मंसिर १४।
नेपाल सरकार सन् २०३० सम्ममा बालविवाह निर्मूल गरिसक्ने प्रतिबद्धाता जनाएको छ । त्यासैका निम्ति बालविाह अन्त्य गर्ने राणनिति अघि सरेको छ । बालविवाह अन्त्यका निम्ती कार्ययोजनाहरु पनि बन्ने गरेका छन । कपिलवस्तु नेपालको दोस्रो बालविवाह बढी हुने जिल्लामा पर्दछ । कपिलवस्तुमा यहि मंसिर १७,१८ र १९ गते हुनालगेको बालिका सम्मेलनको मुख्य उद्देश्य बालविवाह उन्मुलन गर्नु ने रहेको महिला तथा बालबालिका कार्यलय कपिलवस्तुकी अधिकृत कामला पौडेलले बताईन । बालिका सम्मेलनम ५ हजार बालबालिकालाई सहभागी गराउने लक्ष्य रहेको छ । ३ दिन सम्म चल्ने सम्मेलनमा पहिलो दिन १७ गते उद्घाटन सत्र रहने छ । उद्घाटन सत्रको अध्यक्षता प्रमुख जिल्ला अधिकारीले गर्ने योजना रहेको छ । भने अतिथिहरुमा विभिन्न मान्त्रलयका प्रतिनिधि, स्थानिय विकास अधिकारी, जिल्लाका सरकारी कार्यलयका प्रतिनिधि, प्रहारी प्रमुख, राजनैतिक दलका प्रतिनिधि, पत्रकार महासंघ, उद्योग बाणिज्य संघ, गैरसरकारी संस्था महासंघ, जिल्ला बाल संजाल, जिल्ला युवा संजाल लयागतका अतिथिहरु रहने महिला तथा बालबालिका कार्यलयले जनाएको छ । उद्घाटन सत्रको कार्यक्रम १७ गते दिउसो १ बजे देखि सुरु हुने छ ।
त्यास्तै सम्मेलनको दोस्रो तथा तेस्रो दिन सम्मेलनको प्रमुख दिन रहेको छ । विहाना १० बजे देखि साझा ४ बजे सम्म चल्ने सम्मेलनमा जिवन उपायोगी सिप ( विभिन्न खेलको मध्याले जिवन उपायोगी सिपको बरेमा जानकारी गराईन्छ), प्रतिभा प्रस्फुटन, बालविवाह विरुदको बृत चित्रहरुको प्रदार्शनी, नाटक प्रदर्शन, नृत्य, विभिन्न प्रतियोगीताहरु, नागपास, फेस पेन्टिङ्ग, प्रतिवद्धाता ( बालविवाह विरुद प्रतिबद्धाता जनाउने प्लेकार्ड बोकेर फोटो खिच्ने ) कार्यक्रम रहेको छ । सबै कार्यक्रम बालविवाह विरुद्धको हुने युनिसेफका प्रकाश कैनीले जानकारी दिनु भएको छ ।
कपिलवस्तु बालविवाहको चपेटमा परेको जिल्ला हो र यास प्रकारका कार्यक्रमले बालविवाहमा कमी ल्यउने छ । भन्दै जिल्ला विकास समितिका योजना तथा प्रशासन अधिकृत रामचन्द्र ढकालले बताउदै कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो । त्यस्तै कार्यक्रममा बोल्दै पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष बसन्त गिरीले कार्यक्रममा बजेट खर्च गर्नु भन्द राम्रो होस र पत्रकारहरुले हरेक किसिमको सहयोग गर्ने प्रतिबद्धाता सहित सफलताको शुभकामना दिनु भएको थियो ।
जिल्ला प्रशासन कार्यलयका प्रशासकीय अधिकृत पुनाराम पौडेलको अध्यक्षमा भएको कार्यक्रमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको उपास्थिति रहेको थियो । जिल्ला प्रशासन कार्यलयको कार्मचारी मिलान केन्द्रमा भएको सललाहाकारहरुको बैठकको संचालन सुदिप चापाागााईले गर्नु भएको थियो ।

Facebook Comments Box