सांसद शाह द्वारा १५० वटा फोहरपात्र वितरण ।
अंकुश कुमार श्रीवास्तव/कपिलबस्तु,मंसीर १४ । जिल्लाको कृष्णनगर नगरपालिका बजार भित्र फोहोर ब्यावस्थापन गर्न सांसद शाह द्वारा फोहोरपात्र वितरण गरिएको छ ।
“हाम्रो कृष्णनगर स्वच्छ र सुन्दर कृष्णनगर ” भन्ने नाराका साथ आज कपिलबस्तु क्षेत्र नः ५ का सांसद अभिषेक प्रताप शाहले बजारभित्रको फोहर व्यावस्थापनका लागि १५० वटा फोहोरपात्र बांडेका छन । आफ्नो बुवाको नाममा रहेको स्व अजय प्रताप शाह मेमोरियल ट्रष्टको आर्थिक सहयोगमा आफ्नो क्षेत्रको मुख्य बजार कृष्णनगरलाई फोहोर मुक्त बनाई पार्यटन प्रवर्धनमा टेवा पुग्ने सांसद शाहको भनाई रहेको छ । यसै कार्यक्रम देखि अब हरेक सप्ताह विभिन्न संघसंस्था तथा सर्वसाधारणलाई बजार सरसफाईमा सहयोग गर्न अवहान पनि गरेको छन ।
त्यस्तै कृष्णनगर उधोग वाणिज्य संघका अध्यक्ष गुरुशरण सिहंले बजार सरसफाईबाट व्यापारीहरु कै फाईदा हुने औल्याएका छन , उनले भने सफा पसलमा कस्टमरको चाप बढ्छ जसले व्यापार फस्ट्याउनमा मद्दत पुर्याउछ । फोहरपात्र वितरणमा सहभागी कृष्णनगर नगरपालिकाका सुचना अधिकृत साकिर अहमदले नगरपालिकालाई स्वच्छ र सुन्दर बनाउने पहलको लागि सांसद शाहलाई धन्यबाद दिदै नगरपालिकालाई नमुना बनाउन सबै मिलेर अगाडि बढ मात्र सम्भव हुने बताए । वितरण का लागि स्थानिय तीनवटा माध्यामिक बिधालय जलमोना इंगिलिस बोर्डिङ्ग , सेन्ट ज्यूड्स तथा महेन्द्र उच्च माविका बिध्यार्थी, शिक्षक , स्थानिय समाजसेवी , सशस्त्र प्रहरी बल , जनपद प्रहरी लगायत सर्वसाधारणको उपस्थिति थियो ।

