प्रधानमन्त्रीको हत्या गर्ने विषयको अभिव्यक्ति आपत्तिजनक छ : एमाले काठमाडाैं

काठमाडाैं
२०७८ जेठ २९ ।
बागमती प्रदेसभाको शुक्रबारको बैठकमा एक प्रदेश सदस्यले प्रधानमन्त्री केपी ओलीको हत्या गर्ने विषयमा दिएको धम्कीप्रति एमालेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शनिबार प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै उक्त धम्कीलाई पार्टीले गम्भीर रुपमा लिएको जनाएका हुन् । उनले प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्सान गर्ने र आवश्यक परे आफैं पनि हत्याका लागि तयार रहेको अभिव्यक्ति दिनु आपराधिक, आपत्तिजनक र निन्दनीय रहेको जनाएका छन् ।
उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै सम्बन्धित राजनीतकि दलको पनि ध्यानाकर्षण गराएका छन् ।
Facebook Comments Box
