किसानका लागि भारतबाट मल खरिद गर्ने

काठमाडौं ।सरकारले किसानलाई समय मै रासायनिक मल उपलब्ध गराउन भारतसंग खरिदगर्ने निर्णय गरेकाे छ ।
सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले रासयनिक मल अभाव हुन नदिन यस वर्ष भारतसँग सरकारी स्तरबाटै मल खरिदको प्रक्रिया अघि बढाइने निर्णय गरेको छ ।उक्त बैठकमा भारतसँग जी टु जी सम्झौताबाट नेपाललाई आवश्यक मल ल्याउने प्रक्रिया अघि बढाउने प्रस्ताव गएको हो ।
अब धान रोपाइ सुरु हुने बेला भइ सकेपछि किसानलाई मल खाद्यको चिन्ता सताउन थालेको छ । तर यता प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्ला वर्षमा जस्तो किसानबाट मल अभावको गुनासो आउन नहुने बताएका छन् ।
Facebook Comments Box
