काेराेना महामारीले लडिरहेकाे मधेशलाई बदनाम गरि नागरिकता विरुद्ध भ्रम फैलाएकाे भन्दै भीम रावललाई सांसद प्रदिप यादवकाे चेतावनी

सेयर गर्नुहोस

काठमाडौं ।    काेराेना महामारीले लडिरहेकाे मधेशलाई बदनाम गरि नागरिकता विरुद्ध भ्रम फैलाएकाे भन्दै भीम रावललाई सांसद प्रदिप यादवले चेतावनी दिएका छन ।   जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रदीप यादवले नेकपा एमालेका नेता भीम रावलको आलोचना गरेका छन् ।
रावलले जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता लिन भारतीयहरुको भीड लागेको भनेर टिप्पणी गरेपछि सांसद यादवले भ्रम नफैलाउन चेतावनी दिएका हुन् । निषेधाज्ञाका बेला प्रशासन कार्यालय बन्द भएको र यातायातसहित सबै ठप्प हुँदा कसरी नागरिकता लिए भनि यादवले प्रश्न गरेका छन् ।

रावललाई देशले चिने पनि रावलले मधेसलाई नचिनेको उनको गुनासो छ । नागरिकको गरिमा बुझेर बोल्न उनले रावललाई सुझाव दिएका छन् ।

वीरगंजबाट निर्वाचित सांसद यादवले भनेका छन्, ‘कोरोनाले गर्दा यहाँको नागरिकको ज़्यान दैनिक रूपमा गइरहेको छ । यहाँको आवस्था अत्यंतै जटिल तथा भयावह छ । यहाँको नागरिक जीवन र मृत्युसँग जुझिरहेका छन् । यहाँका स्थानीय प्रशासनले महिनोदेखि निषेधाज्ञा लगाएको छ । यहाँको जिल्ला प्रशासन कार्यालय लगायत सबै कार्यालयहरू बन्द रहेको छ ।

सबै कार्यालय बन्द रहँदा कुन कार्यालयबाट नागरिकता वितरण भइरहेको छ भीम रावल जी? तपाईं जस्तो बोद्धिकता भएको मान्छे भ्रम फैलाउछ भने मलाई लागेको थिएन।’

Facebook Comments Box