महन्त र महताेकाे अर्काे सफलता, लगभग ५ लाख मधेशीले नागरिकता पाउने

सेयर गर्नुहोस

राष्ट्रपतिबाट नागरिकतासम्बन्धी अध्यादेश जारी

फाइल तस्बिर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छन् । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको स्रोतको भनाइ छ ।

हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो । मधेसकेन्द्रित दलको  मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराएका थिए । मधेश केन्द्रीत दल जसपाका नेता महन्त ठाकुर र राजेन्द्र महताेकाे विशेष सक्रियतामा नागरिकता संशोधन विधेयक पास भएकाे छ ।

नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभामा २ वर्षभन्दा अघिदेखि छलफलका क्रममा छ । तर सरकारले संसद विघटन गरेपछि अध्यादेशको रुपमा अर्को नागरिकता ऐन ल्याएको हो । अब तराई मधेशका लगभग ५ लाख ले नागरिकता पाउनेछन ।

Facebook Comments Box