जन्मसिद्वका सन्तानलाई नागरिकता दिने निर्णय
जसपाकाे माग सम्बाेधन

काठमाण्डौं, जेष्ठ ६ । सरकारले आमाको नागरिकता भएका सन्तानलाई जन्मसिद्ध आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिने निर्णय गरेको छ । बिहीवारको मन्त्रिपरिषद् बैठकले आमाको नेपाली नागारिकता भए सन्तानलाई जन्मसिद्ध नागरिकता प्रमाणपत्र दिने निर्णय गरेको हो ।
आमाको नामबाट सन्तानले नागरिकता नपाइरहेको अवस्थामा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता दिने निर्णय गरेको एक मन्त्रीले लोकान्तरलाई बताए । त्यस्ता कतिपय पीडितले अदालतमा मुद्दा गरेर मात्र जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पाउने गरेका थिए । अन्यथा जिल्ला प्रशासन कार्यालयले नागरिकता दिनबाट वञ्चित गर्ने गरेको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले लामो समयदेखि नागरिकताको समस्या समाधानका लागि विधेयक ल्याउन सरकारसँग माग गर्दै आएको थियो ।
लोकान्तरवाट
Facebook Comments Box
