चीनलाई जवाफ दिने ताईवानकाे याेजना , अमेरिकी सेना पुग्याे ताईवान

सेयर गर्नुहोस
फाइल तस्बिर

ताइपेइ । अमेरिकी सेनाका अधिकारीहरु केही दिनअघि ताइवान पुगेका छन् । उनीहरुले त्यहाँका हतियार मर्मत, परीक्षण र ताइवान सेनाका प्रशिक्षण क्षमता बढाउने बताइएको छ । ताइवानले सैन्य हतियार खरिदका लागि १.४२ बिलियन बजेट विनियोजन गरेपछि त्यहाँको अवस्थाबारे सर्वेक्षण गर्न अमेरिकी अधिकारीहरु ताइवान पुगेका हुन् ।
ताइवान सरकारले अमेरिकाबाट १०९ एम१ए२टी खरिद गर्नका लागि सन् २०१९ मा सेनालाई अनुमति दिएको ताइवान न्युजलाई उधृत गर्दै एएनआईले लेखेको छ । उक्त ट्यांकहरु सन् २०२३ देखि २०२६ को बीचमा चार चरणमा ताइवानलाई हस्तान्तरण गरिने भएको छ ।

उनीहरुको परिचालनका लागि छैठौं सैन्य कोप्र्सलाई जिम्मा दिइने भएको छ । अमेरिकाले ताइवानलाई उक्त ट्यांक हस्तान्तरण गनुभन्दा पहिले आफ्ना सैन्य अधिकारीलाई पठाएर ताइवानको प्रतिरक्षा स्थिति, ट्यांक ड्राइभिंग सिम्युलेटर र ट्यांक सञ्चालनका मार्गनिर्देशन निगरानी बारे अध्ययन गर्नेछन् ।

अमेरिकी निरीक्षण पछि, ताइवानले ८४ ताइवान सेनालाई सन् २०२३ मा अमेरिका पठाउनेछ र त्यहाँ उनीहरुले ट्यांक सञ्चालनको प्रशिक्षण लिनेछन् ।

यससँगै ताइवान र अमेरिकाबीचको कोस्ट गार्ड सम्झौतासमेत भएको छ । उक्त सम्झौताले चिनियाँ सैन्य विस्तारलाई रोक्‍ने विश्लेषकहरुले बताएका छन् ।

राष्ट्रिय रक्षा तथा सुरक्षा अनुसन्धान संस्थानका वरिष्ठ विश्लेषक सु त्सू युनले जनवरीको अन्तिममा भएको कोस्ट गार्ड सम्झौतालाई अमेरिकाले कानुनीरुपमा पारित गरेपछि ताइवान समाचारलाई भने, “बेइजिङले आफ्नो वरपरका सामुद्री क्षेत्र र विवादित टापुहरूमा आफ्नो नियन्त्रणलाई सुदृढ पार्न खोजिरहेको छ । दक्षिण चीन सागरमा आफ्नो प्रभुत्वलाई बढाउन चाहिरेको छ । यसलाई संयुक्त राज्य अमेरिका र ताइवानबीचको कोस्ट गार्ड सम्झौताले चिनियाँ विस्तारवादलाई रोक्‍ने रणनीति अपनाएको छ ।“

ताइवान र संयुक्त राज्य अमेरिकाले बिहीबार वाशिङ्टन डीसीमा कोस्ट गार्ड वर्किंग ग्रुप (सीजीडब्ल्यूजी) स्थापना गर्ने समझौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यो सम्झौता चिनियाँ तटीय सुरक्षा कानुनको प्रतिक्रियामा रहेको देखिन्छ । जसले देशको तटीय सुरक्षालाई ूचीनको अधिकार क्षेत्रू भित्र पानीमा कुनै पनि विदेशी जहाजमा गोली हान्‍न अनुमति दिन्छ ।

सुलेमानले जनवरीको उत्तरमा यसको तटरक्षक कानून पारित भएपछि बेइजिङ्ले‌ वरपरको पानी र दक्षिण चीन सागरमा रहेको विवादित टापुहरूमा आफ्नो नियन्त्रणलाई सुदृढ पार्न खोजिरहेको छ ।
चिनियाँको समुद्री तट जहाजहरूले चीनको समुद्री दाबीलाई जोड दिन अग्रणी भूमिका खेलेको छ, यसमा इन्डोनेसियाको नटुना टापुमा माछा मार्ने काम र भ्यागुआर्ड बैंकमा भियतनामसँगको विवाद पनि कायमै  रहेकाे नेेपालपानामा खबर  छ।

Facebook Comments Box