भारतीय खाेप नयाँ भेरियन्टविरुद्ध प्रभावकारी भएकाे

सेयर गर्नुहोस
फाइल तस्बिर

एजेन्सी। अहिले भारतमा कोरोना भाइरसको भारतीय भेरियन्टको सङ्क्रमण व्यापक रूपमा बढिरहेको छ। नयाँ नयाँ भेरियन्ट र पुरानै भेरियन्ट विरुद्ध यसअघि विकसित खोपहरू लगाउने क्रम भने जारी छ। भारतमा उत्पादन भइरहेका कोरोनाविरुद्धका दुई वटा खोपहरू कोभिशिल्ड र कोभ्याक्सिन खोप अहिलेको भारतीय भेरियन्ट विरुद्ध पनि प्रभावकारी भएको पाइएको छ।
भारतमा हाल यी दुई वटा खोपहरू लगाइँदै छ। खोप कार्यक्रम जारी रहे पनि भारतमा सङ्क्रमण नियन्त्रण नभएको र खोप प्रभावकारी नभएको भन्ने प्रश्न उठिरहेका समयमा वैज्ञानिकहरूले नयाँ तथ्य पत्ता लगाएका हुन्। उक्त तथ्य अनुसार नयाँ भेरियन्टविरुद्ध पनि भारतमा प्रयोग भइरहेका दुवै खोपहरू प्रभावकारी भएको पाइएको हो।

वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद् (सीएसआइआर) अन्तर्गतको जीनोमिक्स तथा एकीकृत जीवविज्ञान संस्थान (आइजीआइबी) का निर्देशक अनुराग अग्रवालले एक प्रारम्भिक अनुसन्धानलाई उद्धृत गर्दै भारतमा अहिले फैलिरहेको सार्स सीओवी २ केबी १.६१७ भेरियन्टविरुद्ध पनि दुवै खोपहरू प्रभावकारी भएको पाइएको बताएका छन्।

Facebook Comments Box