शंकर पाेख्रेलकाे राजिनामा, एमाले सांसदकाे राजिनामा पछि अर्काे झटका

सेयर गर्नुहोस


लुम्बिनी । लुम्बिनी प्रदेशमा राजनीतिक सरगर्मी एकाएक तेज भएको छ । आइतबार मुख्यमन्त्री पदबाट राजीनामा दिएर एकल बहुमतको सरकार गठन गर्ने प्रयासमा रहेका शंकर पोखरेललाई आफ्नै पार्टीका सांसदले नराम्रो धक्का दिएका छन् ।

४१ सांसदको गणना गर्दै एकल बहुमतको सरकार गठनको तयारीमा जुटेका पोखरेललाई सुरुमा सांसद विमला खत्रीले झट्का दिइन् । खत्रीले आफू नेकपा माओवादी केन्द्रमा रहने भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएपछि पोखरेल ४० सांसदको समर्थनमा खुम्चिएका थिए ।

विपक्षी गठबन्धनसँग पनि ४० सांसद नै रहेको अवस्थामा संघीय सत्ताको जोडबलमा आफू नै मुख्यमन्त्री बन्ने अभियानमा रहेका पोखरेललाई अन्ततः एमालेका अर्का सांसदले पनि राजीनामा दिएर धक्का दिएका छन् ।
एमाले प्रदश सांसद दृगनारायण पाण्डेले राजीनामा दिएका हुन् । उनी कपिलबस्तु २ (क) बाट विजयी भएका थिए ।

प्रदेशसभाका सूचना अधिकारी दिनेश अधिकारीले पाण्डेको राजीनामापत्र आफ्नो टेबुलमा आइपुगेको पुष्टि गरे ।

Facebook Comments Box