जानकी मन्दिर परिसरमा सुन्दरकाण्ड पाठ तथा स्वागत कार्यक्रम सम्पन्न
जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा नेपाल–भारत मैत्री तथा धार्मिक सद्भावलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुन्दरकाण्ड पाठ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
नेपाल भारत मैत्री संगठन नयाँ आयाम अन्तर्राष्ट्रिय जानकी सेना संगठनको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा महामण्डलेश्वर पुरुषोत्तम दास तथा विक्रम रावत को नेतृत्वमा आएको धार्मिक यात्राको विशेष स्वागत गरिएको थियो।
कार्यक्रममा नेपाल भारत जनमैत्री संगठनका राष्ट्रिय अध्यक्ष तथा संस्थापक सदस्य निर्मल डुग्गर, दीपू शाह, मनोज जी लगायत विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थाका पदाधिकारीहरूको सम्मान तथा अभिनन्दन गरिएको थियो।
उक्त अवसरमा वक्ताहरूले नेपाल र भारतबीचको सांस्कृतिक, धार्मिक तथा सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। कार्यक्रममा भजन–कीर्तन, धार्मिक प्रवचन तथा सामूहिक सुन्दरकाण्ड पाठसमेत गरिएको थियो।
स्थानीय भक्तजन, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा नेपाल–भारतबीचको आत्मीय सम्बन्ध, धार्मिक एकता तथा सामाजिक सद्भावको सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ।
