उद्योग–शैक्षिक सहकार्य अभिवृद्धिका लागि कार्यशाला सम्पन्न

सेयर गर्नुहोस

कपिलवस्तु — जनचेतना सामुदायिक माध्यमिक विद्यालय ले उद्योग तथा शैक्षिक संस्था बीच सहकार्य अभिवृद्धि गर्ने उद्देश्यसहित एक दिवसीय कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयले आयोजना गरेको उक्त कार्यशालाको मुख्य उद्देश्य शिक्षा र रोजगारीबीचको सम्बन्धलाई थप मजबुत बनाउनु रहेको बताइएको छ। कार्यक्रममा विद्यार्थी, शिक्षक तथा उद्योग क्षेत्रबीच आपसी समन्वय, अनुभव आदान–प्रदान तथा व्यवहारिक सीप विकासमा विशेष जोड दिइएको थियो।
कार्यक्रममा बोल्दै विद्यालयमा सञ्चालित प्राविधिक धार अन्तर्गत कम्प्युटर इन्जिनियरिङ विषयका संयोजक बिष्णु प्रसाद विश्वकर्मा ले उद्योग क्षेत्रसँगको सहकार्यले विद्यार्थीलाई इण्टर्नशिप, तालिम तथा रोजगारीका अवसर प्राप्त गर्न सहज हुने बताउनुभयो। उहाँले विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी व्यवहारिक सीप र अनुभव प्रदान गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राख्नुभयो।
विद्यालयका प्रधानाध्यापक देवानन्द ठाकुर ले शैक्षिक संस्था र उद्योग क्षेत्र मिलेर अनुसन्धान, प्रविधि विकास तथा नवप्रवर्तनात्मक कार्यलाई अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो। उहाँले शिक्षक तथा उद्योग विशेषज्ञबीच अन्तरक्रिया र अनुभव साटासाटमार्फत शिक्षण प्रणालीलाई अझ प्रभावकारी बनाउन सकिने उल्लेख गर्दै यस्ता कार्यशालाको आवश्यकता बढ्दो रहेको बताउनुभयो।
कार्यक्रमको अध्यक्षता गर्नुभएका विद्यालय व्यवस्थापन समितिका सदस्य सतिश चन्द्र गुप्ता ले दक्ष, सक्षम तथा रोजगारमुखी जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता रहेको बताउनुभयो। उहाँले शिक्षा प्रणालीलाई व्यवहारिक, उत्पादनमुखी तथा रोजगारमैत्री बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

Facebook Comments Box