काश्मिरमा पाकिस्तानी आतंकवादी हमलामा नेपाली युवकको हत्याकाे एक बर्ष
कपिलवस्तु । भारतको कश्मिरमा पाकिस्तानी आतंकवादी हमलामा एकजना नेपाली युवाको गाेली हानि हत्या गरिएकाे एक वर्ष पूरा भएको दिन हिजो दिप प्रज्वलन गरी शोकसभा सम्पन्न गरेको छ।
भारतको काश्मिरको पहालगाममा गत बर्ष अप्रिल २२ का दिन घुम्न गएका पर्टयकहरुलाई गाेली हानी हत्या गरिएकाे थसयाे । साे पाकिस्तानी आतंकवादी हमलामा नेपालका युवा सुदीप न्यौपानेलाई उनको धर्म सोधेर कुन धर्मको हो ? उनले हिन्दु भनेपछि उनलाई पनि गोली हानी हत्या गरिएको थियो । विदारक हत्याकाण्ड घटनाभएको एक वर्ष पुगेको छ घटनाले नेपालको लागि पनि मानवताका क्षतिका रुपमा लिएर हिन्दु युवाहरु कपिलवस्तुकाे कृष्णनगर, तौलीहवा र काठमाडौंकाे सहिद गेटमा दिप प्रज्वलन गरि हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका थिए। हिन्दु युवाहरुले नेपाल सरकारसंग सुदीप न्यौपानेलाई गाेली हानि हत्या गरेकाे पाकिस्तान दुतावाससंग जवाफ माग्न र क्षतिपूर्ति दिनुपर्ने माग गरेका थिए।
