कृष्णानगरको भन्सार नाकामा चेकजाचमा कड़ाई

सेयर गर्नुहोस

 कपिलवस्तु, बैशाख ६ ।कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन्सार नाकामा अन्य देशबाट ल्याइने सय रूपयां भन्दा माथीको सामानमा अनिवार्य भन्सार गराउनु पर्ने प्रावधान कडाइका साथ लागु गर्न निर्देशन दिए संगै कडाइ गर्न थालिएको छ।

कृष्णानगरको यात्रुगेट, ट्रांसमीटर बाटाे लगायत स्थानबाट सामान लिएर आउने व्यक्ति लाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले मुख्य भन्सार नाकाबाट लैजान अग्रह गर्नुका साथै समझाएर फर्काउने गरेको स्रोतले जनाएको छ।

भारत बाट सामान लिएर आउने व्यक्ति हरूले पहिला यस्तो न रहेको ले आज आएर यस्तो समयको सामना गर्नुपर्ने तथा नेपालमा अधिकांश कुरा महगो भएकाले विहेवारीको सामान समेत ल्याउन असहज भएको स्थानीयहरु बताउछन्।

यता भने देशभरका भन्सार नाकामा कडाई गरिजकाले कृष्णानगर पनि सरकारको निर्देशन कडाइका साथ लागु गरिएको हुन सक्ने स्थानीय समाजसेवी हरू बताउछन्।
भन्सार बिन्दुबाट करिब ४/५ किलोमिटर भित्र समेत सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले छड्के चेकिंग गरेर भन्सार न गरिएका माल वस्तुहरु समातेर भन्सार कार्यालय बुझाउने गरेको छन।

Facebook Comments Box