काेराेना महामारीमा संवेदनशील हुन नेजपाकाे ध्यानाकर्षण

कपिलवस्तु , बैशाख १५ । काेराेना संक्रमणकाे चपेटामा फस्दै गएकाे कपिलवस्तु जिल्लामा पनि संवेदनशीलता अपनाउन नेजपाद्वारा प्रजिअलाई ध्यानाकर्षण गराइएकाे छ ।
नेपाल जनता पार्टी कपिलवस्तुले जिल्लामा भारतीय सिमा हुँदै नेपाल फर्कने नेपालीहरुकाे संख्या बढदै गएकाले उचित क्वारेन्टाइन व्यवस्थापन गराउन आग्रह गरेकाे छ । त्यस्तै लकडाउन गर्ने अवस्था आए उचित खाद्यान्न र अत्यावश्यक सामग्रीकाे आपूर्तिमा सहजता गराउनसमेत विज्ञप्तिमार्फत अनुराेध गरिएकाे पार्टीका राष्ट्रिय प्रवक्ता पुनित कुमार पाठकले बताउनुभयाे ।
संक्रमितलाई उपचार र आैषधिकाे व्यवस्थापन तथा सिमा क्षेत्रमा स्वास्थ्यकर्मी खटाई चेकजाँचकाे व्यवस्था मिलाउन आग्रह गरिएकाे छ ।
Facebook Comments Box
